बुद्धजयन्ती विशेष : घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेको थिए बुद्ध ,यस्तो छ बृतान्त !

Author

सजिलो पत्रिका

2082 Baisakh 29, Monday १६:४७

10
Share
Featured

आज २५६९ औँ बुद्ध जयन्ती नेपाल लगायत विश्वका विभिन्न देशहरुमा भगवान् बुद्धप्रति आस्था प्रकट गरि  मनाएका छन्  । 

बैशाख शुक्ल पुर्णिमा अर्थात बुद्धको जन्मदिन,बुद्धत्व प्राप्ति र महापरिनिर्वाण(मृत्यु) पनि प्राप्ति गरेका थिए । त्यसैले बैशाख शुक्ल पुर्णिमाको दिनलाई बुद्ध जयन्तीका रुपमा हरेक बर्ष मनाउदै आएको पाइन्छ् ।  बुद्ध जयन्ती बिशेष गरि बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपुर्ण  दिनका रुपमा मनाउने गरेका छन् । अहिले बुद्धका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्त्तिका भगवानको रुपमा पूजा गरिन्छ ।

जीवनी: को हुन् बुद्ध ?

सिद्धार्थ गौतमको जन्म नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६८ बर्ष अघि सिद्र्धार्थ गौतमको जन्म बैशाख शक्ल पुर्णिमाकै दिन भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ बर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेको थिए ।



मायादेवीको कोखबाट जन्मिनेवित्तिकै गौतम बुद्ध सात पाइला हिँडेका थिए रे । जन्मिनेबित्तिकै आफ्नो छोरा हिँडेको देखेपछि आमा मायादेवी निकै खुशी भएकी थिइन रे । 


प्रायः दरबारमा जन्मिएका छोराहरुले आत्मरक्षाका लागि लडाइर्ंजन्य सीप सिक्ने गरेको पाइन्छ । दरबारमा जन्मिएको हुनाले गौतम बुद्धलाई पनि यस्तो ज्ञान सिकाइएको थियो ।  उनी वाण हान्न निकै सिपालु रहेको बताइन्छ ।


एकदिन गौतम बुद्ध एक सहयोगीका साथ घोडा चढेर संसार बुझ्नका लागि दरबारबाट बाहिर निस्किए । यो कुरा उनको परिवार कसैलाई पनि चित्त बुझेको थिएन । त्यही भएर उनी सुटुक्ट बाहिर निस्किए । बाहिर निस्किँदा बाटोमा गरिबले मागिरहेको, बुढो मान्छो लठ्ठी टेकेर हिँडिरहेको र मान्छे मरेर घाटमा लगिरहेको देखे ।कहिल्यै दरबारबाट बाहिर ननिस्केका बुद्धलाई सहयोगीले बाटोमा देखिएका दृश्यहरुका बारेमा जानकारी गराए । त्यतिबेलामात्र बुद्धलाई थाहा भयो, मान्छे जन्मेपछि विरामी हुन्छ, बुढो हुन्छ र मर्नुपर्छ भन्ने । त्यसपछि उनलाई मान्छे किन विरामी हुन्छ, किन दुख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ रु भन्ने जान्न मन लाग्यो । त्यही ज्ञानको खोजीमा उनी तपस्यामा लीन भए ।



जीवनको वास्तविकता बुझेपछि गौतम बुद्ध निकै चिन्तित भए । बुद्धले मान्छे किन बिरामी हुन्छ रु किन बुढो हुन्छ रु र किन मर्छ रु भनेर बुझ्न दरबार त्यागेर ज्ञानको खोजीमा निस्कने निर्णय गरे । उनी राजाका छोरा भएर बस्न नहुने निर्णय गरी टाउको मुण्डन गरेर सन्यासी भिक्षु भए । उनले दरबारिया लुगा खोलेर भिक्षुका पहेंला लुगा लगाए ।


ज्ञानको खोजीमा उनी भारतीय भूमितिर पुगे । ६ वर्षसम्म कठोर तपस्या गर्दा उनको शरीर दुब्लो भएर बुढोजस्तो भयो, तर उनमा ज्ञान प्राप्त भएन । परिवारले भेटाएर उनलाई दरबारमा ल्याए ।


दरबारमा फर्किएर पुनः मीठो खान पाएपछि गौतम बुद्ध मोटाए । उनको परिवारले मीठो खिर खुवाएपछि शरीर पहिलाकै जस्तो देखियो । त्यसपछि उनी फेरि ज्ञानको खोजीमा दरबार छाडेर तपस्यामा बसे । उनको परिवारलाई यो कुरा पटक्कै मन परेको थिएन । उनको ध्यान भंग गर्नका लागि दरबारले सुन्दरी युवतीलाई बाजागाजा सहित उनको अगाडि नाचगान गर्न लगाए । तर पनि उनको ध्यान भंग भएन ।


अन्ततः गौतम बुद्धले ज्ञान प्राप्त गरे । सिद्धार्थ गौतम तपस्यापछि ज्ञान प्राप्त गरेर गौतम बुद्ध भएका हुन् । भारतको बोधगयामा उनले बुद्धत्व प्राप्त गरेको बताइन्छ । माथिको तस्वीरमा बुद्धले ज्ञान प्राप्त गरेको र उनको अनुहारमा चमक आएको देखाउन खोजिएको छ ।


६ वर्षको तपस्याछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा बौद्धगयामा वैशाख शुक्ल पुर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए। २६ बर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए । 

बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुको मुख्यकारण चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्खिक मार्ग र पच्ञशीलको उपदेश पनि भनिन्छ ।गौतम बुद्धका उपदेशहरुले करुणा, अहिंसा,मध्यम मार्ग,र ध्यानमा जोड दिन्छन् र आज पनि विश्वभरका लाखौँ मानिसहरुका लागि प्रेरणाको स्रोत बनेको छ । 

भगवान बुद्धको महापरिनिर्माण ९मृत्यु० भारतको कुशी नगरमा भएको थियो । उनको सुतिरहेकै बेलामा मृत्यु भएको बताइन्छ । उनका अगाडि शिष्यहरु रहेका थिए। 



यो समाचारमा

बुद्ध जयन्तीनेपाल

ट्यागहरू

#नेपालको लुम्बिनी#बैशाख शुक्ल पुर्णिमा#बुद्धजयन्ती विशेष#बुद्धजयन्ती#सिद्धार्थ गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू