मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday १६:५६

6
Share
Featured

धनुषा।

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको  छ । प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।  

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । 

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दुई दिन  छलफल भएको थियो । यसअघि मुख्यमन्त्री सिंहले छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिएका थिए । सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्न बैठकमा निर्णयार्थ प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावको विपक्षमा कुनै सदस्यले पनि मत जाहेर नगरेपछि उहाँले सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।

यसअघि प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख मण्डलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्दा फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । 


यो समाचारमा

मधेश प्रदेशधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    कञ्चनपुरमा प्रहरीका असईमाथि कुटपिट

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू