काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday १६:१३

4
Share
Featured

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले खानेपानी आपूर्तिकर्ता सीएन इन्टरप्राइजेजसँगको सम्झौता भंग गरेको छ । महानगरमा पिउने पानी आपूर्ति गर्दै आइरहेको सीएनको पानीमा कोलिफर्म भेटिएपछि सम्झौता रद्द गरिएको छ ।

पानीको स्रोतमा सरसफाई नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको अवस्थामा कोलिफर्म देखिन्छ । यो जिवाणु मानिस वा पशुको दिशामा पाइन्छ । महानगरको कृषि तथा पशुपन्छी विभागले पानी आपूर्तिकर्ता सीएनसँगको सम्झौता रद्ध गरेर दुई लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

महानगरले उक्त कम्पनीलाई लेखेको पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाई भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो ।

काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भई दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’ महानगरले अघिल्लो वर्षको वैशाख २ गते सीएनसँग सम्झौता गरेर सेवा लिन थालेको थियो ।


यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    कञ्चनपुरमा प्रहरीका असईमाथि कुटपिट

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू