कश्मीरमा मारिएका सुदीप न्यौपाको शव बुटवल ल्याइयो

Author

सजिलो पत्रिका

2082 Baisakh 11, Thursday ००:१२

99
Share
Featured

बुटवल । 

भारतको जम्मु कश्मीरमा आतंकवादी आक्रमणमा मारिएका २७ वर्षीय सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ।

मंगलबार दिउँसो कश्मीरको वैसरण उपत्यकामा घुम्ने क्रममा बन्दुकधारी आतंकवादीको गोलीबाट सुदीपको मृत्यु भएको थियो। उनी आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसँग घुम्न गएका थिए। आमा, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए भने रिमाकला सामान्य घाइते भएकी छन्।

शव नयाँ दिल्ली–लखनउ हवाईमार्ग हुँदै, बेलहिया नाका हुँदै बुटवल ल्याइएको हो। प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार शव बिहीबार बिहान बेलहिया आइपुगेको हो। शवसँगै परिवारका सदस्यहरू पनि फर्किएका छन्।

कम्तीमा २६ जनाको ज्यान गएको सो आतंकवादी घटनामा दुई विदेशी नागरिक पनि मारिएका छन्। सुदीप बुटवल–११ कालीकानगरमा आमा र बहिनीसँग बस्दै आएका थिए। उनका बुबा शिक्षक ध्रुव न्यौपाने काठमाडौंमा आन्दोलनमा सहभागी भइरहेका बेला छोराको निधनको खबर पाएका थिए। 

यो समाचारमा

सुदीप न्यौपानेभारत

ट्यागहरू

#कश्मीर आक्रमणमा मारिएका सुदीप न्यौपाने#कश्मीरको मनोरम पहलगामस्थित बेसारन उपत्यकामा सर्वसाधरणलक्षित भयावह आतंकवादी हमला#नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    भ्याट विवरण नबुझाउँदा नेपालगञ्जका दुई हजार दुई सय करदाता निलम्बनमा, कारोबार रोक्का

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू