शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ : मन्त्री यादव

Author

सजिलो पत्रिका

2082 Baisakh 18, Thursday ०६:५२

35
Share
Featured

सिन्धुली ।

खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताएका छन् ।

विहीबार सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि सहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताएका हुन् ।

उनले भने, ‘हामी समृद्ध र स्वस्थ नेपाल निर्माण गर्ने हाम्रो साझा सपना साकार पार्ने दिशामा एक महत्वपूर्ण पाइला चाल्दैछौँ । जहाँ शुद्ध पानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ ।’

यसैगरी मन्त्री यादवले शुद्ध, सुरक्षित खानेपानी एक सेवा नभइ यो नागरिकको अधिकार भएको तथा मानव जीवनको मूलभूत आवश्यकता पनि भएको जिकिर गरे । ‘आज यहाँ सुरु गरिएको योजना हाम्रो प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो । म विश्वस्त छु । यहाँका प्रत्येक दाजुभाइ दिदीबहिनीहरूले यसको प्रत्यक्ष लाभ उठाउनेछन्,’मन्त्री यादवले भने ।

सरकार विकासको प्रत्येक पाइलामा नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको तथा संघीय सरकार, स्थानीय निकाय र जनताको सक्रिय सहकार्यको उदाहरण स्वरुप सिन्धुलीको सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी योजना सफल बन्न पुगेको मन्त्री यादवले बताए ।

उनले भने, ‘यो आयोजना सरकारको ‘घर–घरमा सुरक्षित पानी’ पहुँचको रणनीति हो । जसले समग्र जनस्वास्थ्य र स्थानीय समृद्धिमा योगदान पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’

आयोजनाको निर्माण कार्यका लागि सम्झौता बिसं २०७९ साल असार ९ गते गरिएको तथा प्रारम्भिक योजना अनुसार, आयोजनाको कार्य बिसं २०८१ साल असार ८ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘कार्य प्रगति र आवश्यक परिमार्जन पछि अन्तिम लागत रु ३७ करोड ९४ लाख ९० हजार ५२४ पुगेको छ । यस आयोजनाले यहाँका नागरिकलाई स्वच्छता, स्वास्थ्य र समृद्धि का क्षेत्रमा सकारात्मक प्रभाव पु¥याउने विश्वास लिइएको छ ।’


यो समाचारमा

सिन्धुलीसुनकोशी गाउँपालिका

ट्यागहरू

#प्रदीप यादव#खानेपानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू