नेपालमा युवा पुस्तामा बढ्दो डिप्रेशन !

Author

उत्सब नरसिंह केसी

2082 Baisakh 24, Wednesday १३:४४

56
Share1
Featured

नेपालमा युवा पुस्तामा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू दिनप्रतिदिन बढिरहेका छन्। विशेष गरी, चिन्ता (Anxiety) र डिप्रेशन (Depression) जस्ता मानसिक समस्याहरू युवाहरुमा तीव्र रूपमा देखिन थालेकाे छ। यस्ता समस्याहरूले युवाहरुको शिक्षा, करियर, सामाजिक सम्बन्ध र व्यक्तिगत जीवनमा ठूलो असर पुर्‍याउछ। नेपालमा मानसिक स्वास्थ्यको बारेमा साक्षरता र बुझाइ अझै पनि न्यून छ, त्यस कारणले धेरै युवाहरू मानसिक समस्याको समाधानका लागि सहायता प्राप्त गर्न असहज महसुस गर्दछन्।


चिन्ता र डिप्रेशन के हो?

 चिन्ता (Anxiety): चिन्तालाई सामान्य रुपमा बुझ्दा यो भविष्यमा आउने अनिश्चिततापूर्ण परिस्थितिबारे डर वा असुरक्षाको भावना हो। चिन्ताको कारणले आजसम्म संसारमा कसैको पनि मृत्यु भने भएको छैन तर यसमा विभिन्न लक्षणहरु भने देखा पर्न सक्छन् जस्तै हृदयको गती बढ्नु, चिढ़चिढ़ापन, चिन्ताजनक विचारहरूको निरन्तरता, अत्याधिक पसिना आउनु, मस्तिष्कमा तनाव हुनु आदि।

 

डिप्रेशन (Depression): डिप्रेशन भनेको लामो समयसम्म निराशा, दुखका भावनाहरूमा डुब्नु र अत्यधिक चाहिने-नचाहिने विषयवस्तुहरुको बारेमा सोच्नु हो। सुखदुःख जीवनका अभिन्न पाटो हो तर विश्व स्वास्थ संगठन (WHO) को ICD( International Classification of Disease) का अनुसार जब व्यक्ति लगातार दुई हफ्ता वा सो भन्दा बढी समयसम्म दुखी रहन्छ तब उसलाई उपचारको सख्त आवश्यकता पर्दछ। यस्ता व्यक्तिहरू सामान्यतया निराशा, थकान, आन्दोलित विचार, आत्म-सम्मानको कमी, ऊर्जा र चित्तबुझ्दो सोचको कमी महसुस गर्दछन् जसले गर्दा उनीहरूको दैनिक क्रियाकलापमा समस्या आउँछ। नेपालको शहरी क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, बेरोजगारी, भविष्यको चिन्ता, सामाजिक र पारिवारिक दबाबले युवाहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको छ।

 

नेपालको युवा वर्गमा चिन्ता र डिप्रेशनको स्थिति :  

नेपालमा युवाहरू मानसिक स्वास्थ्यको समस्यामा विशेष ध्यान नदिने गर्दछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC) द्वारा २०२४ मा गरिएको एक अध्ययनले नेपालका १५-२४ वर्षका युवाहरुमा मानसिक स्वास्थ्यका समस्याहरू २३% देखि २७% बीचमा छ। यस अध्ययनले चिन्ता र डिप्रेशनको समस्या युवामा विशेष गरी उच्च भएको पत्ता लगाएको छ।

अर्थशास्त्र र मानसिक स्वास्थ्यको अध्ययन (2024) अनुसार, २०% युवा चिन्ता र १६% युवा डिप्रेशनको समस्याबाट पीडित छन्। यस अध्ययनले विशेषगरी शहरी क्षेत्रका युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरू बढी रहेको देखाएको छ।

त्यसै गरी, नेपालमा युवाहरुको आत्महत्या दर पनि चिन्ता र डिप्रेशनसँग सम्बन्धित छ। नेपाल प्रहरीको २०२४ को प्रतिवेदन अनुसार, प्रत्येक वर्ष २००० भन्दा बढी युवाले आत्महत्या गरेका छन्, जसमा प्रमुख कारण चिन्ता र डिप्रेशनको समस्या रहेको छ। यसैगरी चिन्ता, डिप्रेसन र मृत्यु दरमा वृद्धि हुँदै गयो भने मानसिक स्वास्थ महामारी (Mental Health Pandemic) नआउला भन्न सकिन्न। 


चिन्ता र डिप्रेशनका कारणहरू :  

नेपालमा युवाहरूमा चिन्ता र डिप्रेशनका कारणहरू जटिल र विविध छन्, जुन वंशानुगत, सामाजिक, आर्थिक, शैक्षिक, पारिवारिक र व्यक्तिगत समस्याहरूको मिश्रणबाट उत्पन्न हुन्छ। 

शैक्षिक दबाब, विशेष गरी नेपालको प्रतिस्पर्धात्मक र कठोर शैक्षिक प्रणालीले युवाहरूमा अत्यधिक तनाव र मानसिक दबाब सिर्जना गर्दछ, जहाँ परीक्षा परिणाम र अंकमा आधारित मूल्यांकनले उनीहरूको आत्मविश्वासमा प्रभाव पारेको छ।

आर्थिक असुरक्षा पनि चिन्ता र डिप्रेशनको मुख्य कारण बनेको छ; जहाँ बेरोजगारी, कामको अवसरको कमी र भविष्यको अनिश्चितताले युवाहरूलाई निराश र चिन्तित बनाएको छ।

विदेश जानको लहरले पनि युवाहरूमा मानसिक तनाव उत्पन्न गर्दैछ, जहाँ उनीहरूले आफ्नो भविष्य उज्जवल बनाउन विदेश जानुको विकल्प खोज्दै गर्दा घर, परिवार र देशसँगको सम्बन्धमा तनाव र टुटनको भावना अनुभव गर्छन्।

प्रेम सम्बन्धहरू पनि युवाहरूका लागि मानसिक स्वास्थ्य समस्याहरूको कारण बनेकाे छ, विशेष गरी प्रेममा असफलता, नपाइएको प्रेम वा जटिल प्रेम सम्बन्धहरूले युवाहरूमा भावनात्मक पीडा र असुरक्षाको भावना पैदा गर्न सक्छ।

सामाजिक अपेक्षाहरू, विशेष गरी पारिवारिक दबाब, युवाहरूको व्यक्तिगत जीवन र आत्म-सम्मानमा नकारात्मक असर पार्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यलाई थप गम्भीर बनाएको छ।

यसका साथै, सामाजिक मिडियाको अत्यधिक प्रयोगले अनावश्यक र अवास्तविक जीवनशैलीको तुलनामा असुरक्षा र आत्म-संशयको भावना उत्पन्न गरेको छ। भावनात्मक र मानसिक अस्थिरता पनि एक 

 

प्रमुख कारण हो, जसले युवामा आत्म-विश्वासको कमी र मानसिक विकारको संभावना बढाउँछ, र अन्ततः उनीहरूलाई मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्न बाध्य बनाएको छ।


चिन्ता र डिप्रेशनको उपचार: 

चिन्ता र डिप्रेशनका उपचारका लागि विभिन्न उपायहरू उपलब्ध छन्, जसमा मानसिक स्वास्थ्य सेवाहरू, चिकित्सा उपचारका विधिहरू छन्। योग्य चिकित्सकसँग सल्लाह लिनु अत्यन्त महत्त्वपूर्ण छ, जसमा मनोचिकित्सक, मानसिक स्वास्थ्य परामर्शदाताको सहयोगले युवाहरूलाई मानसिक समस्याबाट मुक्ति दिलाउन मद्दत गर्दछ। डिप्रेशन र चिन्ता कम गर्न औषधिहरूको प्रयोग प्रायः आवश्यक पर्छ, विशेषगरी जब मस्तिष्कमा रासायनिक असंतुलन (Hormonal Imbalance)को समस्या उत्पन्न हुन्छ। मनोवैज्ञानिक उपचार जस्तै संज्ञानात्मक व्यवहार थेरापी (Cognitive Behavioural Therapy) र व्यक्ति केन्द्रित थेरापीले युवाहरूलाई मानसिक स्वास्थ्यका समस्याहरूबाट उकास्न सक्छ। शारीरिक व्यायाम र ध्यानले पनि मानसिक शान्ति र ताजगी ल्याउन मद्दत पुर्‍याउछ र यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। सकारात्मक सोच र सामाजिक सहयोग; विशेष गरी परिवार र साथीहरूको समर्थन मानसिक समस्याबाट मुक्ति पाउनका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। यसका साथै, प्रकृतिमा समय बिताउनु (Nature Therapy) पनि एक प्रभावकारी उपचार विधि सावित भएको छ, जसले मानिसमा तनाव कम गर्न र मानसिक शान्ति प्राप्त गर्न सहयोग पुर्‍याउछ। मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन शिक्षा, स्वस्थ जीवनशैली र पर्याप्त आराम पनि अनिवार्य छ; जसले चिन्ता र डिप्रेशनको उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ। यद्यपि, यी सबै उपचार विधिहरूका बीच, समग्र रूपमा मानसिक स्वास्थ्यको बारेमा खुल्ला चर्चा र सहयोगको वातावरण अत्यावश्यक छ।


समाधान र सुझाव : 

 नेपालमा युवाहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि विभिन्न उपायहरू आवश्यक छन्। शैक्षिक प्रणालीलाई कम प्रतिस्पर्धात्मक र मनोवैज्ञानिक दृष्टिकोणबाट सुधार गर्नु अत्यन्त महत्त्वपूर्ण छ, जसले युवाहरूलाई शैक्षिक दबाब र तनावबाट मुक्त बनाउन मद्दत पुर्‍याउछ। साथै, मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउन विद्यालय र समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ जसले गर्दा युवाहरू मानसिक स्वास्थ्य समस्याबारे खुल्ला कुरा गर्न र तिनको समाधान खोज्न सहज अनुभव गर्न सकून। सामाजिक मिडियाले पनि युवाहरूको मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्दै आएको छ, त्यसैले यसको प्रयोगमा सन्तुलन कायम गर्नु अति आवश्यक छ, ताकि वास्तविक जीवन र अनलाइन जीवनबीच समन्वय स्थापित गर्न सकियोस्। साथै, प्रकृतिमा समय बिताउने (नेचर थेरापी) र स्वस्थ जीवनशैलीको अभ्यास गर्ने जस्ता उपायहरूले पनि मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। सामाजिक र पारिवारिक दबाब, प्रेम सम्बन्धहरू, र भविष्यको अनिश्चितता जस्ता समकालीन चुनौतीहरूको समाधानका लागि समग्र रूपमा मानसिक स्वास्थ्यप्रति खुला र सहायक वातावरण बनाउन आवश्यक छ, जसले युवाहरूलाई मानसिक रूपमा बलियो र स्वस्थ बनाउनेछ।

 

नेपालका युवाहरू मानसिक स्वास्थ्यका विभिन्न समस्याहरूसँग जूझिरहेका छन्। चिन्ता र डिप्रेशन जस्ता समस्याहरूको समाधानका लागि सामूहिक प्रयास आवश्यक छ। विद्यालय, परिवार र सरकारसँग मिलेर यस समस्याको समाधानमा सक्रिय कदम चाल्न आवश्यक छ।नेपालमा एनजाइटी र डिप्रेशनलाई न्यूनीकरण गर्न विभिन्न पहलहरू नभएको भने होइन, जसमध्ये जनचेतनामूलक कार्यक्रमहरू, कार्यशालाहरू र सेमिनारहरूको माध्यमबाट मानसिक स्वास्थ्यको महत्वको बारेमा जनचेतना फैलाउने प्रयासहरू उल्लेखनीय छन्। विद्यालय र कलेजहरूमा मानसिक स्वास्थ्य र भावनात्मक समृद्धिका बारेमा शिक्षा र प्रशिक्षण प्रदान गरिनुका साथै परामर्श सेवाहरू पनि उपलब्ध गराइँदैछन्। यी पहलहरूले युवाहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूको बारेमा खुल्ला कुरा गर्न र सहयोग प्राप्त गर्न प्रोत्साहित गर्ने उद्देश्य राख्दछ। यद्यपि, मानसिक स्वास्थ्य क्षेत्रमा अझै पनि विभिन्न चुनौतीहरू छन्, जस्तै सहकार्य र जनचेतनाको अभाव, परामर्श सेवाहरूको पहुँचको कमी, र मानसिक स्वास्थ्य चिकित्सकहरूको अभाव जसले समस्याको समाधानमा ठूलो बाधा पुर्‍याइ रहेको छ। अझै पनि धेरै व्यक्तिहरू मानसिक स्वास्थ्य समस्याहरूलाई लुकाउँछन् र समाजमा यसको बारेमा खुल्ला कुरा गर्न कठिनाई अनुभव गर्छन्। मानसिक स्वास्थ्यका समस्याहरूको समाधान गर्न अझै पनि व्यापक, प्रभावकारी र समावेशी प्रयासहरूको आवश्यकता छ, जसले युवाहरूलाई दीर्घकालीन मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुर्‍याउने छ ।

उत्सब नरसिंह केसी 

यो समाचारमा

नेपालनेपाल

ट्यागहरू

#चिन्ता र डिप्रेशनका कारणहरू#डिप्रेशन#नेपालको युवा पुस्तामा बढ्दो डिप्रेशन#चिन्ता र डिप्रेशनको उपचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल

    मेषः नोकरी वा पेशामा विगतका लिएका निर्णयले चिन्ता बढ्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। युवा वर्गहरू महत्त्वकांक्षालाई बुझ्ने पूरा गर्नको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।वृषः घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ

    sajilo patrika

    मृगौला फेल हुन नदिन नियमित खानुहोस् यी ४ चीज

    नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल

    आज २०८२ साल जेठ २७ गते मंगलवारको राशिफल

    आज २०८२ साल जेठ २६ गते सोमवारको राशिफल

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू