भारतले पाकिस्तानको मनोरञ्जनमाथि प्रतिबन्ध लगायो, ओटीटी प्लेटफर्म बन्द

Author

सजिलो पत्रिका

2082 Baisakh 27, Saturday ०९:३२

139
Share
Featured

काठमाडौँ।

भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो । भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाउन नपाइने जनाइएकाे छ । साथै, सबै ओटीटी प्लेटफर्महरूलाई यसको निर्देशन पनि दिइसकेको छ । जसको मतलब हो, भारतमा पाकिस्तानी सामग्री प्रतिबन्धित गरिएको छ। अब दर्शकले पाकिस्तानी गीत र वेब सिरिज भारतमा भने हेर्न नपाउने भएका छन् । 

भारतको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तान माथी धेरै प्रतिबन्ध लगाउने क्रममा यो नयाँ कदम चालिएको हो । अहिले भारतले छिमेकी मुलुक पाकिस्तानको मनोरञ्जन उद्योगलाई पनि तोडने लक्ष्य राखेको भारतीय समाचार माध्यमले जनाएका छन् । उनीहरूका अनुसार अब सबै प्लेटफर्मबाट पाकिस्तानी सामग्री भारतका लागि कम्तिमा हुने छैनन । न त पाकिस्तानी गीतहरू, न त वेब सिरिज र पाकिस्तानी फिल्महरू नै भारतमा चल्नेछन् । 

साथै, यो नयाँ कदम चाल्दै भारत सरकारले सबै ओटीटी प्लेटफर्महरूलाई कडा निर्देशन दिएको छ। यसअघि पहलगाम हमलापछि भारतले धेरै पाकिस्तानी युट्युब च्यानल र सेलिब्रेटीमाथि प्रतिबन्ध लगाएको थियो । अब यसलाई एक कदम अगाडि बढाउँदै पाकिस्तानी मनोरञ्जन सामग्रीमा पनि प्रतिबन्ध लगाइएको हो । जसका कारण पाकिस्तानी मनोरञ्जन उद्योगलाई गहिरो झट्का लागेको भारतीय मिडियाहरूले दावी गरेका छन् । यी नियमहरू तत्काल प्रभावबाट लागू हुने स्पष्ट निर्देशन पनि दिइएको छ।

 सन २०२१ को आईटी नियमहरू उल्लेख गर्दै सरकारले भनेको छ कि कुनै पनि सामग्री नदेखाउनु पर्ने कारण निम्न रूपमा उल्लेख गरेको छ ।

– भारतको एकता र अखण्डतालाई हानि पु¥याउँछ

– देशको सुरक्षामा खतरा छ

सरकारले २२ अप्रिल २०२५ मा पहलगाममा हालै भएको आतंकवादी हमला र पाकिस्तानसँग सम्बन्धित संगठनहरूको भूमिकालाई ध्यानमा राखेर यो निर्णय गरेको हो।  यसका कारण, भारतका सबै स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्रीहरू जस्तै चलचित्र, वेब सिरिज, गीत र पोडकास्टहरू, निःशुल्क वा सशुल्क, तत्काल प्रभावबाट हटाउन निर्देशन दिइएको छ। जसले भारतको अन्य देशसँगको सम्बन्ध बिगार्छ । मानिसहरूलाई हिंसामा उत्प्रेरित गर्ने वा समाजमा अशान्ति सिर्जना गर्छ ।

यो समाचारमा

भारतकाठमाडौँपाकिस्तान

ट्यागहरू

#ओटीटी प्लेटफर्म#पाकिस्तान#मनोरञ्जन#प्रतिबन्ध#भारत#भारतको अपरेशन सिन्दूर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू

    sajilo patrika

    अस्ट्रियामा कालो दिन: विद्यालय आक्रमणपछि तीन दिने राष्ट्रिय शोक घोषणा

    क्यालिफोर्नियामा राष्ट्रिय गार्ड तैनाथीलाई लिएर विवाद: गभर्नर नुस्सामले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    थाइल्यान्डबाट वन्यजन्तु तस्करी: मुम्बईमा सय जीवजन्तुसहित यात्रु पक्राउ

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू