गुडिरहेको बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु

Author

सजिलो पत्रिका

2082 Jestha 1, Thursday ०८:४१

116
Share
Featured

एजेन्सी ।

भारतको उत्तर प्रदेशस्थित लखनउमा बिहीबार बिहान भएको एक भीषण बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । बिहानीपख ५ बजे मोहनलालगञ्ज नजिकैको किसान पथ(बाहिरी रिङरोड) मा बिहारबाट दिल्ली जाँदै गरेको एसी स्लिपर बसमा आगलागी भएको हो ।

मृत्यु हुनेमा दुई बालबालिका, दुई महिला र एक पुरुष रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बसमा झण्डै ८० जना यात्रु सवार थिए । दुर्घटनाको समयमा अधिकांश यात्रुहरू निदाइरहेका थिए । एक्कासि बसभित्र धुवाँ फैलिन थालेपछि यात्रुहरूमा अफरातफरी मच्चिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार, केही मिनेटमै सम्पूर्ण बस आगोको चपेटामा पर्‍यो । यात्रुहरू भाग्न खोज्दा अतिरिक्त सिटका कारण मुख्य गेटसम्म पुग्न कठिन भयो, जसले धेरैलाई बसमै अड्काइदियो ।

सबैभन्दा दुःखद पक्ष, घटनापछि बस चालक र कन्डक्टर यात्रुहरूको सहायता गर्नुको सट्टा बस छोडेर भागेका थिए । नजिकैका बासिन्दाले तत्काल प्रहरी र दमकललाई खबर गरेका थिए । दमकल टोली घटनास्थलमा पुग्दा बस पूर्ण रूपमा जलीसकेको थियो। करिब ३० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको थियो ।

यो समाचारमा

भारतभारत

ट्यागहरू

#आगलागी#सवारी दुर्घटना#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू

    sajilo patrika

    अस्ट्रियामा कालो दिन: विद्यालय आक्रमणपछि तीन दिने राष्ट्रिय शोक घोषणा

    क्यालिफोर्नियामा राष्ट्रिय गार्ड तैनाथीलाई लिएर विवाद: गभर्नर नुस्सामले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    थाइल्यान्डबाट वन्यजन्तु तस्करी: मुम्बईमा सय जीवजन्तुसहित यात्रु पक्राउ

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू