
काठमाडौँ, जेठ २७ । अस्ट्रियाको ग्राज सहरस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ। यस घटनालाई देशको इतिहासकै सबैभन्दा ठूलो र भयानक गोलीकाण्डको रूपमा वर्णन गरिएको छ, जसको परिणामस्वरूप सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।प्रहरीका अनुसार, विद्यालयका एक पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १०...