गृहमन्त्री लेखक भन्छन् :‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’

Author

सजिलो पत्रिका

2082 Jestha 9, Friday ०८:१६

55
Share
Featured

जनकपुर । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् । 

शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे  । उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए । 

चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन् ।सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए । 

कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशका सुरक्षा निकायहरुमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए ।  

उनले सुरक्षाकर्मीहरुलाई उचित आवास र खाना खाने ठाउँसमेत राम्रो नभएका कारण समस्या भोग्नु परेको सुनाए । उनले केन्द्र सरकारले सुरक्षाकर्मीहरुलाई उचित सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।


यो समाचारमा

जनकपुररमेश लेखक

ट्यागहरू

#सीमा नाका#गृहमन्त्री रमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू