डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

Author

सजिलो पत्रिका

2082 Shrawan 28, Wednesday ०७:२९

39
Share
Featured

काठमाडौँ, जेठ २७ । 

नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) हुँ भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये एक जना यसअघि हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी-५ का ४२ वर्षीय रेवती ओझालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, उनीहरूले हिरासतमा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने भन्दै पीडित पक्षबाट ६ लाख रुपैयाँ ठगी गरेका थिए। पीडितको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका दुवै जनालाई ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका ज्ञानु तामाङ २०७० फागुन २० गते हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष कैद भुक्तान गरेर छुटेको खुलेको छ।

यो समाचारमा

काठमाडौँनेपाल प्रहरीसुनसरी

ट्यागहरू

#पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    जाजरकोटका युवकमाथि चक्कु प्रहार गर्ने दुई जना काठमाडौंबाट पक्राउ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू