गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

Author

सजिलो पत्रिका

2082 Aswin 29, Wednesday १५:०७

28
Share3
Featured

वीरगञ्ज । 

 अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् ।

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए ।

“अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौंँ,” उनले भने, “असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ ।”

नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ । त्यस्तै पर्सासँगै जोडिएको छिमेकी कलैयाँ उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीको कारणले तीन दिन बिदा दिने निर्णय गरेको छ ।

कलैया उपमहानगरका नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले अत्यक गर्मीको कारणले महानगर अन्तरगतका केही विद्यालयमा अध्ययरत विद्यार्थीहरूमा समस्या देखिएकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरका अनुसार असार १ गतेदेखि भने विद्यालय निर्वाध रूपमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    रौतहट। राैहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष १९ को राधेश्याम दास र बिजय दासका छोरा बर्ष १८ को राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    जाजरकोटका युवकमाथि चक्कु प्रहार गर्ने दुई जना काठमाडौंबाट पक्राउ

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू