काठमाडौँ, जेठ २७ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत ग्वार्को चोकमा २ वर्षअघिदेखि ‘फ्लाई ओभर’ निर्माण जारी छ । यो फ्लाइओभर चार लेनको हुनेछ। चक्रपथमा गुड्ने सवारी साधनहरू सिधै फ्लाइओभरबाट वारपार गर्नेछन् भने पाटन र इमाडोलतर्फ जाने सवारी साधनहरू हालको सडक (फ्लाइओभरको तल)








