यस्तो बन्दैछ ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर (तस्विरहरु)

Author

सजिलो पत्रिका

2082 Jestha 28, Wednesday

3
Share
Featured

काठमाडौँ, जेठ २७ । 

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत ग्वार्को चोकमा २ वर्षअघिदेखि ‘फ्लाई ओभर’ निर्माण जारी छ । यो फ्लाइओभर चार लेनको हुनेछ। चक्रपथमा गुड्ने सवारी साधनहरू सिधै फ्लाइओभरबाट वारपार गर्नेछन् भने पाटन र इमाडोलतर्फ जाने सवारी साधनहरू हालको सडक (फ्लाइओभरको तल) बाटै आवतजावत गर्नेछन्। यसले ग्वार्को चोकको ट्राफिक जामलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ।

४५५ मिटर लम्बाइको यो फ्लाइओभरको निर्माण लागत करिब १७ करोड रुपैयाँ रहेको छ। निर्माण कम्पनीले आगामी केही महिनाभित्रै सम्पूर्ण काम सम्पन्न गरी फ्लाइओभर सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

निर्माण कार्यका कारण हाल ग्वार्को चोकमा ट्राफिक डाइभर्सन गरिएको छ, जसले यात्रुहरूलाई केही असहजता भए पनि दीर्घकालीन समाधानका लागि उनीहरू उत्साहित देखिन्छन्। ग्वार्कोको सफलतापछि सरकारले सातदोबाटो र एकान्तकुनामा पनि यस्तै फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ।










यो समाचारमा

काठमाडौँललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तारकेश्वरको गौरव: जितपुर पाँचमानेस्थित प्रसिद्ध भुवनेश्वरी मन्दिर(तस्विरहरू)

    काठमाडौँ, जेठ २६ । काठमाडौं उपत्यकाको उत्तर-पश्चिमी क्षेत्रमा, प्रकृतिको शान्त काखमा अवस्थित भुवनेश्वरी मन्दिर आस्था, प्रकृति र सुन्दरताको त्रिवेणी हो। तारकेश्वर नगरपालिका वडा नं. ३, जितपुर पाँचमानेमा रहेको यो मन्दिर धार्मिक भक्तजनहरूका लागि मात्र नभई, मनमोहक हिमाली दृश्य र स्वच्छ वातावरणको आनन्द लिन चाहने पर्यटकहरूका लागि पनि एक उत्कृष्ट गन्तव्य बनेको

    Data is loading...

    Loading brands...

    Loading footer...