राैतहट ।
वर्षौदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गत दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती खोलाको पुल निर्माण अधुरै रहँदा सर्लाही र रौतहटको जनजीवन प्रभावित बनेको छ। पुल नबन्दा यात्रुहरू वर्षातको समयमा जीवन जोखिममा पारेर डुङ्गाको सहारामा खोलापार गरिरहेका छन्।
सर्लाही र रौतहट जिल्लालाई सिधा जोड्ने यो पुल हुलाकी राजमार्गको महत्वपूर्ण खण्डमा पर्छ। तर, निर्माणको नाममा वर्षौंदेखि काम रोकिएको छ। स्थानीयवासीहरू भन्छन्- “हरेक वर्ष चुनावको मुखमा पुल बनाउने आश्वासन पाइन्छ, तर काम कहिल्यै पूरा हुँदैन।”
खासगरी बर्खाको समयमा बागमती खोलाको सतह बढ्ने भएकाले यात्रुहरू डुङ्गा चढेर वारपार गर्न बाध्य छन्। डुङ्गा सेवा पनि पर्याप्त छैन र सुरक्षाको उचित प्रवन्ध नहुँदा दुर्घटनाको जोखिम थपिएको छ।