काठमाडौँ ।
जाजरकोटको कुशे गाउँपालिका–५ मा गाडी समितिसम्बन्धी विवादका क्रममा २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कुशे–७ समकोटका २७ वर्षीय दिपेन्द्र सिंह र सोही ठाउँका २७ वर्षीय तप्तबहादुर शाही (तप्त सिंह) रहेका छन्। उनीहरूलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्यालाफाटबाट आइतबार राति पक्राउ गरी जाजरकोट ल्याइएको हो। घटनामा संलग्न तेस्रो व्यक्ति अझै फरार छन्।
जेठ ६ गते बिहान होटलको आँगनमा आनन्द सिंहलाई हातखुट्टा बाँधी चक्कुले शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। घाइते सिंहको नेपालगन्जमा उपचार भइरहेको छ। जिल्ला अदालत जाजरकोटले ‘ज्यान मार्ने उद्योग’ अभियोगमा अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ।