
काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएसँगै सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुगेको छ ।पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हाे।संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पढेर सुनाउने छन्।