
काठमाडौँ,जेठ २५। काठमाडौँ उपत्यकाभित्र विभिन्न निकायहरूबीच समन्वयको अभावमा जथाभावी सडक खन्ने प्रवृत्तिले दुर्घटनाको जोखिम ह्वात्तै बढाएको छ। खानेपानी, ढल, विद्युत, र इन्टरनेट सेवा प्रदायकहरूले आफूखुसी र विना योजना सडक भत्काउँदा उपत्यकाका सडकहरू धुलाम्मे, हिलाम्मे र खाल्डाखुल्डीले भरिएका छन्, जसले पैदलयात्रीदेखि सवारी चालकसम्म सबैलाई सास्ती दिएको छ।