काठमाडौँ । नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।
स्रोतका अनुसार उनले पन्तलाई मंगलबार नै फोन गरेर नयाँ जिम्मेवारी लिन तयार हुनु भनेर निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शिक्षामन्त्रीमा पन्त नियुक्तिको टुंगो लागिसकेको छ । उनलाई बिहीबार अपरान्हम ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाइने भएको छ ।
प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय भएको छ । उनको शपथ बिहीबार गराउने तयारी भएको बजगाईंले बताए ।