सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध वन अतिक्रमणसम्बन्धी मुद्दा दायर, ५ वर्षसम्म कैद वा जरिवानाको माग

Author

देवेन्द्र प्रसाद यादव

2082 Baisakh 11, Thursday ११:०२

32
Share1
Featured

सर्लाही, ११ वैशाख, सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा, उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन अतिक्रमण र प्राकृतिक स्रोतको अवैध दोहनसम्बन्धी मुद्दा दायर गरिएको छ।

वन तथा वातावरण मन्त्रालयको तर्फबाट सर्लाही जिल्ला अदालतमा बिहीबार दर्ता गरिएको मुद्दामा उनीहरूलाई सागरनाथ वन विकास परियोजनाको क्षेत्र अतिक्रमण गरी ढुंगा, गिट्टी, बालुवा र माटो उत्खनन् गरेको अभियोग लगाइएको छ।

मुद्दा दर्ता नम्बर ०८१-सी २-०००१ रहेको छ। आरोपितहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी पनि छन्।

२०७४ सालमा निर्वाचित नगरप्रमुख थापाले नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र "भरत ताल" निर्माण गराएका थिए। सो ताल माछा पोखरी निर्माणको नाममा निर्माण गरिएको भए पनि पछि त्यसको नाम नगरप्रमुखकै नाममा राखिएको थियो।

अनुमति नलिई सार्वजनिक वन क्षेत्र अतिक्रमण गरिएको, प्राकृतिक स्रोत दोहन गरिएको र परियोजनाको स्वीकृति बिना काम भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मन्त्रालयले पाँच वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजायको माग गर्दै मुद्दा अघि बढाएको छ।

हाल उक्त ताललाई स्थानीय तहले पर्यटकीय स्थलको रूपमा प्रचारप्रसार गरिरहेको छ। तर, वन अतिक्रमण र स्रोत दोहनले कानुनीरूपमा गम्भीर प्रश्न उठाएको छ।

यो समाचारमा

सर्लाहीसर्लाही

ट्यागहरू

#सर्लाहीको बागमती नगरपालिकाका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

    कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू