वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

Author

सजिलो पत्रिका

2082 Jestha 28, Wednesday ०५:१७

13
Share
Featured

काठमाडौँ, जेठ २७ । 

सशस्त्र प्रहरी बल नेपालले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीको पर्सास्थित इकाइले चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत उक्त परिमाणको सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल पर्साका अनुसार, सबैभन्दा ठूलो परिमाणमा वीरगञ्ज महानगरपालिका–१० स्थित एक गोदामबाट सामान बरामद गरिएको छ। धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याएर गोदाममा भण्डारण गरेको अवस्थामा सात लाख ७० हजार ५०० मूल्य बराबरको कपडा बरामद गरिएको हो।

सोही क्रममा प्रहरीले करिब एक लाख ५० हजार मूल्य पर्ने बीआर ०५ यु  ४५३० नम्बरको भारतीय सुपर स्प्लेन्डर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। बरामद गरिएका कपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिकाकै वडा नं. १० तथा १६ का विभिन्न सीमानाकाबाट दुई लाख ४८ हजार १०१ रुपैयाँ बराबरको अवैध कपडा तथा मसला पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँवीरगञ्ज महानगरपालिकापर्सासशस्त्र प्रहरी बल

ट्यागहरू

#सशस्त्र प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    वर्षौदेखि अलपत्र बागमती खोलाको पुल निर्माण नहुँदा आवतजावतमा समस्या

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू