तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

Author

सजिलो पत्रिका

2082 Baisakh 12, Friday ०९:०१

54
Share
Featured

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण भएको बताएका हुन् । 

उनले भने,‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घटयो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर । त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शकारीहरुबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता लाग्यो त ?त्यसैले आयोग गठन गरेर निष्पक्ष छानविन गरि रवीन्द्र मिश्रर दुर्गा प्रसाद प्रसाईईँलाई रिहा गर्न माग गर्छु  ।’

त्यस्तै उनले बजेट अधिवेशन सुरु हुन लाग्दा बजेट फेरिपनि नेताहरुको गोजीबाट बन्ने  र नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने भन्दै आशंका व्यक्त गरे । 

उनले भने,‘बजेट अधिवेशन सुरु हुन लागेको छ । बजेट फेरीपनि नेताहरुको गोजीबाट बन्ने नै हो । नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने नै हो । तर पनि कामना गर्छु सुधार होस् ,बजेट पुस्तिका च्यात्नुपर्ने विरोध गर्नुपर्ने नबनोस । अहिलको कमजोर अर्थतन्त्रलाई सम्बोधन गर्ने र सुधार गर्ने खालको बनोस् ।’

त्यस्तै उनले राजतन्त्रको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु रहेको भन्दै राजतन्त्र र प्रजातन्त्र एक अर्कोको विकल्प नभएको बताए । राप्रपाले राजसंस्थाको कुरा गर्नुु लोतन्त्रको विरुद्धको हो भन्ने गलत भाष्य नबनाउन पनि उनले आग्रह गरे ।  


यो समाचारमा

काठमाडौँराजेन्द्र प्रसाद लिङ्देनरवीन्द्र मिश्रदुर्गा प्रसाद प्रसाई

ट्यागहरू

#राजावादी प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू