सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही

Author

सजिलो पत्रिका

2082 Baisakh 19, Friday १४:२१

67
Share
Featured

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही ले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानो कागजको खोस्टा जस्तो भएको बताएका छन् । 

शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले युवाहरुको समस्या समाधान गर्ने भन्दा पनि सुगा रटाई र कागजको खोस्टा जस्तो भएको बताएका हुन् । 

उनले भने,‘अहिले सबैभन्दा ठुलो समस्या युवाहरुको हो, आन्तरिक सुरक्षाको कुरा, रोजगारीको कुरा आउनुपथ्र्यो त्यो केही पनि आएन । यो पुरोनो ढड्णामा भएको कागजको खोस्टा जस्तो छ । सुगा रटाई जस्तो छ ।’

साथै उनले लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए ।  

‘सरकारले यो वर्ष नयाँ कुरा व्यवस्था र लुटतन्त्रको विरुद्धमा बोल्ने मान्छेलाई तह लगाउने कुरा नीति तथा कार्यक्रममा नेपालको इतिहासमा आएको थिएन त्यो पहिलो पटक आएको छ । यो अगुल्टोले हानेको विरालो विजूलीदेखि तर्सिन्छ भनेझै सरकार तर्सियो । लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनको लागि यो नीति तथा कार्यक्रममा ल्याएको छ,’ उनले भने । 

सांसद शाहीले भ्रष्टाचारीको संरक्षकको लागि मात्र नीति कार्यक्रम आएको बताए । 


यो समाचारमा

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टीज्ञानेन्द्र शाही

ट्यागहरू

#ज्ञानेन्द्र शाही#आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू