नारायणी अस्पतालको भवन निर्माण ठेक्कामा अनियमितता, आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा

Author

सजिलो पत्रिका

2082 Baisakh 21, Sunday ११:०९

37
Share
Featured

काठमाडौँ  । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माण ठेक्कामा ठूलो आर्थिक अनियमितता भएको भन्दै तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित आठजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार निर्माण प्रक्रिया र मूल्यांकनमा गम्भीर त्रुटि र अनियमितता गर्दै १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँको भ्रष्टाचार गरिएको दाबी गरिएको छ।

मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूमा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजय कुमार ठाकुर, इन्जिनियर राजेन्द्र शाह, प्राविधिक सकुर अन्सारी, नासु शुशीलप्रसाद यादव, लेखापाल सुदिप कुमार माझि, ठेक्का मूल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी रहेका छन्।

त्यस्तै, अख्तियारले निर्माण व्यवसायी पक्षबाट मिशन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा र लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मालाई पनि मुद्दामा समावेश गरेको छ।

अख्तियारले सार्वजनिक खरिद ऐन तथा निर्माणसम्बन्धी मापदण्डको उल्लंघन गर्दै प्रक्रियाविना निर्माण कार्य अघि बढाइएको, मूल्यांकनमा कृत्रिम प्रतिस्पर्धा देखाइ लागत बढाइएको र वास्तविक कार्य सम्पन्न नहुँदै भुक्तानी गरिएको आरोप लगाएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#अपराध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू