इस्लामाबाद।
पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले गत साता भारतसँग भएको सैन्य झडपमा पाकिस्तानकी सेना र वायु सेनाका ११ जना मारिएको जनाएको छ।
आज (मंगलबार)जारी गरिएको आईएसपीआरको बयान अनुसार भारतसँग लडाइँका क्रममा एक स्क्वाड्रन लिडरसहित वायु सेनाका पाँच जना जवान मारिएको र ६ जना अन्य सैनिक पनि मारिएको बताएको छ। यी सबैको मृत्यु मे १० को भारतीय आक्रमणमा परी भएको हो।
बयानअनुसार ६ देखि ७ मे को राति भारतको आक्रमणमा परी सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ। १२१ जना घाइते भएका छन्। घाइतेहरुमा पनि १० बालबालिका र २७ जना महिला रहेका छन् । चार दिनको लडाइँपछि भारत र पाकिस्तानले शनिबार युद्धविरामको घोषणा गरेका थिए।