पाकिस्तान जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

Author

सजिलो पत्रिका

2082 Baisakh 30, Tuesday

21
Share
Featured

काबुल । 

पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक तथ्याङ्कले देखाएको छ ।  बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ प्वाइन्ट हुँदै गत हप्ता अफगानिस्तान फर्केको मन्त्रालयले बतायो ।

पाकिस्तानले गत वर्ष हजारौँ अफगान कैदीलाई रिहा गरी अफगानिस्तान फिर्ता पठाएको छ । करिब ७० लाख अफगान शरणार्थी हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश कागजातविहीन आप्रवासी छन्  र अफगानिस्तानको छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् ।

पाकिस्तानी सरकारले सन् २०२५ मा अफगानहरूलाई आफ्नो देशमा निष्कासन गर्ने तयारी गरेको छ । अफगान अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीका रूपमा विदेशमा बस्न र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ । 

यो समाचारमा

पाकिस्तानकाबुल

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू

    Data is loading...

    Loading brands...

    Loading footer...