कस्तो रहला आज देशभरको मौसम ?

Author

सजिलो पत्रिका

2082 Jestha 7, Wednesday ०१:०९

14
Share
Featured

काठमाडौँ ।

देशका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्का तथा मध्यमगरी सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । 

गएरातिदेखि नै वर्षा भइरहेको छ । बिहान केही कम भए पनि एकाध स्थानमा वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभरका धेरै स्थानमा बादल बनेर वर्षाको सम्भावना रहेको मौसमविद् अर्याल बताउँछन् । 

बाहिरबाट आएको प्रणाली र स्थानीय प्रणाली मर्ज हुँदा पानी पार्ने सिस्टम विकास हुँदा देशभरका धेरै स्थानमा वर्षा भएको उनको भनाइ छ । 

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#मौसम#वर्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू