नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड १५ दिनका लागि बन्द

Author

सजिलो पत्रिका

2082 Jestha 7, Wednesday १४:४२

28
Share
Featured

काठमाडौँ।

नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड जेठ ११ गते शनिबारदेखि १५ दिनका लागि आंशिक रुपमा बन्द हुने भएको छ। बिहान १०:३० बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकिनेछ।

सडक सुधारका लागि काम गर्नुपर्ने भएकाले सवारी रोकिएको नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए। वैकल्पिक रुटका लागि साना तथा मझौला सवारीलाई सीतापाईला–रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ।

यसअघि वैशाख २२–३१ सम्म राति सडक बन्द गरी पुरानो कालोपत्र हटाइएको थियो। अहिले ग्राभेल गरेर नयाँ कालोपत्र गरिनेछ। मौसमले साथ दिएमा १.८ किलोमिटर सडक कालोपत्र गर्ने योजना छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#कालोपत्र#नागढुंगा–नौबिसे सडक#बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू