काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायतका राजावादी समूहले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राजावादीहरुले आन्दोलन आज पनि जारी छ ।
उनीहरुले माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।
उनीहरूको आन्दोलन र प्रदर्शनले नयाँबानेश्वर, हुँदै माइतीघरसम्म आइपुग्ने सवारी आवागमन ठप्प भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीले जानकारी दिए । राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।