गभर्नर पौडेलविरुद्धको रिटमा आज दोस्रोपटक सुनुवाइ हुँदै

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday ०३:१३

3
Share
Featured

काठमाडौँ, जेठ २०।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा आज मंगलबार अन्तरिम आदेशबारे छलफल हुने भएको छ।

गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै दर्ता रिटमा आज दोस्रोपटक सुनुवाइ हुन लागेको हो।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा बुधबार (जेठ १४ गते) प्रारम्भिक सुनुवाइ हुँदा नेपाल सरकारसहितका विपक्षीलाई नियुक्तिको आधार पुष्टि गर्ने प्रमाण लिएर आजको बहसमा उपस्थित हुन आदेश भएको छ। गवर्नर पदमा ६ गते नियुक्ति भएक डा पौडेलको नियुक्ति बदरको माग गरिएको रिटमा तत्काल गम्भीर विषयको निर्णयसमेत गर्न नपाउने गरि अन्तरिम आदेश पनि जारी हुनुपर्ने गरी जिकिर गरिएको छ।पौडेलले पहिलो निर्णय नै नयाँ नोट छाप्ने विषयमा गरेकाले  उनलाई नोटमा हस्ताक्षर गर्नबाट पनि रोक लगाउनुपर्ने रिट निवेदकको माग छ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको रिटमा दाबी गरी अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले यो रिट दायर गरेका हुन्। 

निवेदकहरूले गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, वाणिज्य र बैंकिङ क्षेत्रको शैक्षिक उपाधि नभई ग्रामीण अर्थशास्त्रको योग्यता रहेकोले ऐनले अनिवार्य गरेको उपाधि नभएको, आफैँ सिफारिस समितिमा बसेको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्ति गरिएको तर्क पनि गरेका छन्। 

यो समाचारमा

काठमाडौँडा. विश्वनाथ पौडेल

ट्यागहरू

#गभर्नर डा. विश्वनाथ पौडेल#गभर्नर नियुक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू