सरकारको पहलपछि यातायात व्यवसायी पछि हटे, सार्वजनिक यातायात सुचारु

Author

सजिलो पत्रिका

2082 Jestha 21, Wednesday ००:२९

109
Share
Featured

काठमाडौँ, जेठ २१।

यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनका कार्यक्रम स्थगन गरेपछि गएरातिदेखि नै सार्वजनिक यातायातका साधनहरू पुनः सञ्चालनमा आएका छन्।

संघीय सरकारको अनुरोधमा गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेसँगै व्यवसायीले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्। प्रदेश सरकारको उक्त निर्णयसँगै यातायात व्यवसायीले यातायात बन्द गर्ने कार्यक्रम स्थगन गर्दै तत्कालका लागि गाडी चलाउने निर्णय गरेका हुन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाली ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालको लागि यातायात बन्दको कार्यक्रम स्थगन गरेको जानकारी दिएका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले व्यवसायीको माग बमोजिम प्रदेश सरकारले नियमावली स्थगन गरेकाले आन्दोलनका कार्यक्रम पनि स्थगन गरिएको बताए। उनले आज (बुधबार) पत्रकार सम्मेलनमार्फत यस सम्बन्धी थप विवरण सार्वजनिक गरिने जानकारी दिए।

यसैबीच, यातायातलगायत २५ अत्यावश्यक क्षेत्रमा भविष्यमा कुनै पनि अवस्था र परिस्थितिमा बन्द, हड्ताल गर्न नपाउने परमादेश माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा बुधबार सुनुवाइका लागि पेसी तोकिएको छ। उक्त रिटमा नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ। रिटमा सर्वसाधारणको मौलिक अधिकार हनन हुने गरी कानुन विपरीत यातायात क्षेत्रमा बन्द गरिएको उल्लेख छ।

यो समाचारमा

गण्डकी प्रदेशकाठमाडौँ

ट्यागहरू

#आन्दोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू