भूकम्पको त्रासबीच पाकिस्तानको जेलबाट दुई सय १६ कैदी फरार

Author

सजिलो पत्रिका

2082 Jestha 21, Wednesday ०३:११

13
Share
Featured

काठमाडौँ,जेठ २१।

पाकिस्तानको कराचीस्थित मलिर जिल्ला जेलबाट भूकम्पका धक्कापछि दुई सय १६ कैदी फरार भएका छन्।  सिन्ध प्रान्तका गृहमन्त्री जिया-उल-हसन लन्जरका अनुसार सोमबार राति भूकम्पको त्रासमा कैदीहरूलाई ब्यारेकबाट बाहिर निकाल्दा उनीहरूले सुरक्षाकर्मीमाथि आक्रमण गरी हतियार खोसेर मुख्य ढोका तोडेर भागेका थिए। 

कुल दुई सय १६ फरार कैदीमध्ये ८० जना पक्राउ परिसकेका छन्, तर एक सय ३० भन्दा बढी अझै फरार छन्। भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी र एक जेल कर्मचारी घाइते भएका छन्। ‘भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको थियो,’ लन्जरले भने। 

जेल अधीक्षक अरशद शाहले छ सयभन्दा बढी कैदीलाई भूकम्पका बेला बाहिर निकालिएको र त्यही बेला उनीहरू भागेको बताए। उनले यो घटनालाई प्राकृतिक प्रकोपको परिणाम मानेर सुरक्षामा चुक नभएको दाबी गरे। तर, सिन्धका मुख्यमन्त्री मुराद अली शाहले कैदीहरूलाई बाहिर निकाल्ने निर्णय गलत भएको भन्दै जेल प्रमुख नजिर अहमदसहित दुई अधिकारीलाई बर्खास्त गरिएको बताए। 

पाकिस्तानका जेलहरू भीडभाड, जीर्ण पूर्वाधार र अपर्याप्त सुरक्षाका कारण बदनाम छन्। मलिर जेलमा एक हजार पाँच सय ९१ कैदी अटाउने क्षमता भए पनि चार हजारभन्दा बढी कैदी थिए। धेरैजसो भागेका कैदी साना अपराध, विशेषगरी लागूऔषधसँग सम्बन्धित मुद्दामा थुनामा थिए। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, कराचीमा पछिल्ला २४ घण्टामा २।६ देखि ३।४ रिक्टर स्केलका १६ वटा हल्का भूकम्प गएका छन्। घटनापछि कराचीमा उच्च सतर्कता अपनाइएको छ। प्रहरीले भागेका कैदीलाई पक्रन छापा मारिरहेको छ र सहरमा चेकपोस्टहरू बढाइएका छन्। 

सिन्धका प्रहरी प्रमुख गुलाम नबी मेमनले कुनै पनि फरार कैदी आतङ्ककारी सङ्गठनसँग सम्बन्धित नभएको बताए। लन्जरले कर्मचारीको लापरबाहीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको र दोषीमाथि कडा कारबाही हुने जनाए। सामाजिक सञ्जालमा कैदीहरू सडकमा भागिरहेको भिडियो भाइरल भएको छ, जसले सुरक्षा कमजोरी र प्राकृतिक प्रकोपमा जेल व्यवस्थापनको कमजोरी उजागर गरेको छ।

यो समाचारमा

पाकिस्तानकाठमाडौँ

ट्यागहरू

#भूकम्प#पाकिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू

    sajilo patrika

    अस्ट्रियामा कालो दिन: विद्यालय आक्रमणपछि तीन दिने राष्ट्रिय शोक घोषणा

    क्यालिफोर्नियामा राष्ट्रिय गार्ड तैनाथीलाई लिएर विवाद: गभर्नर नुस्सामले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    थाइल्यान्डबाट वन्यजन्तु तस्करी: मुम्बईमा सय जीवजन्तुसहित यात्रु पक्राउ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू