नेप्सेमा हरियाली, १० अर्ब १६ करोडको कारोबार

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday ०९:४३

16
Share
Featured

काठमाडौँ। 

काठमाडौँ, २७ जेठः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ०७ अङ्कले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो ।

आज ३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा रु १० अर्ब १६ करोड नौ लाख ८१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १२ प्रतिशतले बढेको हो । बैङ्किङ शून्य दशमलव ९३, विकास बैङ्क शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव २८, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ६८ र  जीवन बिमा एक दशमलव ०८ प्रतिशतले बढेको हो । 

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा एक दशमलव २६ व्यापार एक दशमलव ०७ र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको हो ।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य छ दशमलव १४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु ५८ करोड ४९ लाख ५३ हजार ८७१ बराबरको २६ लाख ३३ हजार ७२८ कित्ता किनबेच भएको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौँ, जेठ २७ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम

    sajilo patrika

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

    यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य

    घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू