बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

Author

सजिलो पत्रिका

2082 Shrawan 28, Wednesday ०६:२६

16
Share
Featured

काठमाडौँ, जेठ २७ । 

बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।

राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम बजारबाट उठाउन लागेको हो। यसका लागि आज दिउँसो ३ बजे अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ। पछिल्लो समय राष्ट्र बैंकले हरेक आइतबार र बुधबार नियमित रुपमा बजारबाट तरलता खिच्दै आएकोमा सोही क्रमलाई निरन्तरता दिएको हो।

को-को हुन सक्छन् सहभागी?

राष्ट्र बैंकका अनुसार, यस निक्षेप संकलनमा 'क', 'ख' र 'ग' वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। बोलकबोलमा सहभागी हुन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी असार १८ गते हुने राष्ट्र बैंकले जनाएको छ। बजारमा लगानीको मागभन्दा अधिक पैसा हुँदा ब्याजदरमा अनावश्यक चाप पर्ने भएकाले राष्ट्र बैंकले अतिरिक्त तरलता खिचेर वित्तीय सन्तुलन कायम गर्न खोजेको हो।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ,जेठ २७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके

    sajilo patrika

    घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर

    विदेश गएका नेपाली विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब

    नेप्सेमा हरियाली, १० अर्ब १६ करोडको कारोबार

    नेपालमा महंगी दर १.६३ प्रतिशतले घट्यो

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू