काठमाडौँ ।
लियो जिल्ला परिषद् ३२५ आई, नेपालद्वारा आयोजित चौथो जिल्ला परिषद् बैठक, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोह यही असार १३ र १४ गते सफल भ्याली रिसोर्ट, चन्द्रागिरीमा भव्य रूपमा आयोजना हुँदैछ।
लियो क्लब अफ काठमाडौं भृकुटीको होस्टमा हुने दुई दिने कार्यक्रममा नेतृत्व विकास, संगठन समन्वय, सामाजिक उत्तरदायित्व र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
पहिलो दिन परिषद् बैठक, “Leadership with Action” थिममा वक्तृत्वकला प्रतियोगिता, पुरस्कार वितरण तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन्। दोस्रो दिन नयाँ कार्यसमिति घोषणा र बोर्ड सदस्यहरूका लागि विशेष प्रशिक्षण (Schooling) गरिनेछ।
पोखरा, नुवाकोट, लमजुङ, काठमाडौं लगायत देशभरिबाट लियोहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। सामाजिक संस्था तथा साझेदारहरूको समर्थनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास आयोजकले लिएका छन्।