तारकेश्वरमा बिजुलीको पोलमा आगलागी

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday १७:०६

6
Share
Featured

काठमाडौँ । 

तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित मानसिंह धर्म माविको परिसर नजिकै रहेको एक बिजुलीको पोलमा आज बिहान अचानक आगलागी भएको छ। मानवीय क्षति नभए पनि उक्त घटनाले इन्टरनेट, टेलिभिजन तथा बिजुली सेवामा व्यापक असर परेको स्थानीयले बताएका छन्।

प्राप्त जानकारीअनुसार पोलमा रहेका बिजुलीका साथै इन्टरनेट र केबल टेलिभिजनका तारमा आगो लागेको हो। आगलागीका कारण तार जलेर पूर्ण रूपमा नष्ट भएका छन्। यसले आसपासको क्षेत्रमा इन्टरनेट तथा केबल सेवा अवरुद्ध भएको छ भने बिजुली सेवा समेत केही समयका लागि प्रभावित भएको थियो।

यस्ता घटनाहरू यसअघि पनि नेपालटार, शेषमती, लामबगर, फुटुंग लगायतका क्षेत्रहरूमा दोहोरिइसकेका छन्। ती घटनाहरूमा पनि ज्यानको क्षति नभए पनि समान प्रकृतिको भौतिक क्षति र सेवा अवरोध देखिएको थियो। स्थानीय बासिन्दाहरूका अनुसार पोलहरूमा अनियन्त्रित रूपमा गुजुल्टिएका तारहरूले नगरको सौन्दर्य बिगारेका मात्र होइन, आगलागीको जोखिम पनि बढाएका छन्। “हरेक वर्ष आगलागीका यस्ता घटनाहरू भइरहन्छन् तर स्थानीय सरकार र सरोकारवाला निकायहरूको ध्यान पुग्न सकेको छैन,” एक स्थानीय नागरिकले गुनासो गरे।

तार व्यवस्थापनसम्बन्धी कुनै स्पष्ट मापदण्ड वा कानुनी व्यवस्था नभएको भन्दै विशेषज्ञहरूले पनि चेतावनी दिएका छन्। “पोल कति उचाइको हुनु पर्ने, केबलको गुणस्तर कस्तो हुनु पर्ने, प्रविधि कस्तो प्रयोग गर्ने भन्ने विषयमा स्थानीय तहले नीति बनाउनु पर्छ,” एक पूर्व इन्जिनियरले भने, “तर अझैसम्म पनि असारे विकास बाहेकका दीर्घकालीन समाधानतर्फ ध्यान दिइएको छैन।”

नगरपालिकाका मेयर र वडाध्यक्षहरूले समेत यस्ता समस्याबारे सम्बन्धित निकायसँग औपचारिक छलफल नगरेको जनाइएको छ। पोलहरूमा प्रयोगमा नभएका पुराना तारहरू हटाउनेतर्फ सम्बन्धित सेवा प्रदायक संस्थाहरूको चासो नदेखिएको स्थानीयले बताएका छन्।

यो समाचारमा

तारकेश्वर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू