काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा

Author

सजिलो पत्रिका

2082 Baisakh 8, Monday ०७:०६

41
Share
Featured

मुगु। विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौँ केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ तथा भर्नामा प्रभावित भएको छ । 

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू ०८१ को चैत २० गतेदेखि काठमाडौंमा  आन्दोलन गरिरहेका छन् ।

आन्दोलमा शिक्षकहरु होमिएपछि मुगुमा रहेका १ सय ४५ सामूदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो । 

मुगुका स्थानीय देविलाल मल्लले शिक्षकहरुको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।

मुगुमा रहेका चार स्थानीय तहमा रहेका १ सय ४५ बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरु एक हजार ६४ जनाले बिद्यालय बन्द गर्दा १० हजार ४ सय ७६ छात्रा र १० हजार ३ सय २८ छात्राहरुको नियमित भर्ना, पठनपाठन, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको शिक्षा बिकास तथा समन्वय ईकाइ मुगुका निमित्त कार्यालय प्रमुख खड्कराज भियालले बताए ।

यो समाचारमा

काठमाडौँमुगु

ट्यागहरू

#मुगुका विद्यार्थी अन्योलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घाँस काट्दा भिरबाट लडेर कालीकोटमा महिलाको मृत्यु

    काठमाडौँ,जेठ २७ । कालिकोटमा घाँस काट्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–२ की ४७ वर्षीया पाँचा खड्काको भिरबाट लडेर मृत्यु भएको छ। घरनजिकैको गोल्छे भीरमा घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, घटना मंगलबार बिहानको हो। प्रहरीले घटनास्थलबाट शव उद्धार

    sajilo patrika

    जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

    वर्षौंदेखिको खानेपानीको दुःख अन्त्य: मालिकाको पात्लेमा घरघरै पुग्यो धारा, स्थानीय हर्षित

    हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

    ‘तँ’ भनेको निहुँमा टीकापुरमा प्रहरीद्वारा महिलामाथि कुटपिट, सई र हवल्दार छानबिनमा तानिए

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू