वर्षौंदेखिको खानेपानीको दुःख अन्त्य: मालिकाको पात्लेमा घरघरै पुग्यो धारा, स्थानीय हर्षित

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday ०२:५९

20
Share
Featured

काठमाडौँ,जेठ २७ । 

म्याग्दीको विकट मालिका गाउँपालिका, म्याग्दी–३ पात्लेका बासिन्दाको घरआँगनमै खानेपानीको धारा पुगेको छ। ‘एक घर, एक धारा’ को अवधारणासहित निर्माण सम्पन्न भएको ‘पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना’ मार्फत १२२ घरपरिवारका ५८९ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

रु ६५ लाख ५७ हजार २७७ को कुल लागतमा सम्पन्न भएको यस आयोजनाले वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका स्थानीयको दैनिकी सहज बनाएको छ। उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर खानेपानी वितरण सुरु गरिएसँगै स्थानीयमा खुसीयाली छाएको छ।

आयोजनाका लागि नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाबाट रु ३३ लाख ३७ हजार ३२५ र मालिका गाउँपालिकाबाट रु १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको थियो। यसमा स्थानीय उपभोक्ताले रु १७ लाख ८ हजार ८९९ बराबरको श्रमदान गरेका छन्।

नेवाका प्राविधिक रुपक थापाका अनुसार, चारवटा मुहानको पानीलाई १२ हजार ५२७ मिटर लामो पाइपलाइनमार्फत नौवटा ट्याङ्कीमा जम्मा गरी व्यवस्थित रूपमा वितरण गरिएको छ। यसअघि करिब २० वर्ष पुरानो जीर्ण योजनाबाट सार्वजनिक धारामा निर्भर रहनुपर्दा स्थानीयले पानी आपूर्तिमा ठूलो समस्या झेल्दै आएका थिए।

स्थानीयवासी बलबहादुर रोकाले घरमै धारा आएपछि पानी लिन लाइन बस्नुपर्ने झन्झट हटेको, समयको बचत भएको र सरसफाइमा निकै सहज भएको बताए। आयोजनाअन्तर्गत धारा नजिकै भाँडा सुकाउने पक्की चाङ समेत निर्माण गरिएको छ भने पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगोपनाका लागि हरेक धारामा मिटर जडान गरिएको छ।

मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले गाउँपालिका र नेवाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा पात्ले, लुम्पीपार र डाडागाउँमा गरी तीनवटा खानेपानी योजना सम्पन्न भएको जानकारी दिए। यी तीनवटै योजनाबाट वडाका करिब चार सय घरपरिवार लाभान्वित भएका छन्।

यो समाचारमा

काठमाडौँमालिका गाउँपालिका, म्याग्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घाँस काट्दा भिरबाट लडेर कालीकोटमा महिलाको मृत्यु

    काठमाडौँ,जेठ २७ । कालिकोटमा घाँस काट्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–२ की ४७ वर्षीया पाँचा खड्काको भिरबाट लडेर मृत्यु भएको छ। घरनजिकैको गोल्छे भीरमा घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, घटना मंगलबार बिहानको हो। प्रहरीले घटनास्थलबाट शव उद्धार

    sajilo patrika

    जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

    हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

    ‘तँ’ भनेको निहुँमा टीकापुरमा प्रहरीद्वारा महिलामाथि कुटपिट, सई र हवल्दार छानबिनमा तानिए

    युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू