कश्मीर आक्रमणमा मारिएका सुदीपको शव आजै नेपाल पठाउने

Author

सजिलो पत्रिका

2082 Baisakh 10, Wednesday ०७:५१

93
Share
Featured

काठमाडौँ । भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपालीसुदीप न्यौपानेको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो ।

 “अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछौँ । सम्भव भएसम्म आज (बुधबार) साँझ, नभ्याए भोलि (बिहीबार)नेपाल पठाउँछौँ,” नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले सजिलो पत्रिका सँग भन्यो ।

 सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए । 

 आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको छ । 

“मृतकको शव उनको आमा र दुईजना नातेदारसँगै पठाउँछौँ । काठमाडौं हुँदै वा गोरखपुरबाट सिधै बुटवल पठाउने भन्ने निर्णय भइसकेको छैन,” दूतावास स्रोतले भन्यो ।

यो समाचारमा

भारतसुदीप न्यौपानेकाठमाडौँ

ट्यागहरू

#कश्मीर आक्रमणमा मारिएका सुदीप न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू