गौर भन्सारमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापनाको माग गर्दै व्यवसायीहरूको लगातार धर्ना को आज छैटौं दिन

Author

देवेन्द्र प्रसाद यादव

2082 Baisakh 12, Friday ०८:०८

19
Share
Featured

रौतहट, गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापना गर्न माग गर्दै स्थानीय व्यापारी तथा व्यवसायीहरूले लगातार छैटौं दिन पनि धर्ना जारी राखेका छन्। व्यापारी अगुवा कौशल साहको नेतृत्वमा व्यवसायीहरूले शुक्रबार पनि भन्सार कार्यालयको मुख्य गेट अगाडि १२ बजे देखि २ बजेसम्म धर्ना प्रदर्शन गरेका हुन्।

व्यापारीहरूका अनुसार, गौर भन्सारमा खाद्यान्न परीक्षणका लागि आवश्यक प्लान्ट क्वारेन्टिन शाखा नहुँदा प्याज, आलु, चामल, फलफूल लगायतका सामग्री वीरगञ्जको बाटो भएर ल्याउनु परिरहेको छ, जसले गर्दा ढुवानी खर्च अत्यधिक बढेको छ। बढेको खर्चको असर खाद्यान्नको मूल्य वृद्धिमा परेको र यसले उपभोक्ता र व्यापारी दुवैलाई चुनौती थपेको उनीहरूको गुनासो छ।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले व्यवसायीहरूको जायज मागलाई राज्यले लामो समयदेखि बेवास्ता गर्दै आएको आरोप लगाए। उनले भने, "व्यवसायीकै हितका लागि हामी ऐक्यबद्ध भएर धर्नामा सहभागी भएका छौँ। राज्यले अब व्यवसायीहरूको आवाज सुन्नैपर्छ।"

व्यापारी कौशल साहले भने, "चैत ३१ गते नै भन्सार कार्यालय प्रमुखमार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थियौं। तर अझैसम्म कुनै सुनुवाइ नभएकाले हामीले वैशाख ७ गतेदेखि १५ गतेसम्म धर्ना कार्यक्रम घोषणा गरेका छौं। यदि यसबीचमा पनि माग पूरा भएन भने वैशाख १६ गतेदेखि गौर बजार बन्द गर्ने र भन्सार कार्यालयमा अनिश्चितकालीन ताला लगाउने बाध्यता हुनेछ।"

व्यापारीहरूले प्लान्ट क्वारेन्टिन शाखा स्थापनाले गौर नाका हुँदै सिधै खाद्यान्न आयात सम्भव हुने, ढुवानी लागत कम हुने, व्यापारिक गतिविधि बढ्ने र सरकारी राजस्व समेत वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्।

यसबारे सम्बन्धित निकायले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर व्यापारीहरूको आन्दोलनले गौर भन्सार क्षेत्रको व्यापारिक वातावरणमा चासो र तनाव दुवै बढाएको देखिएको छ।

यो समाचारमा

रौतहटरौतहट

ट्यागहरू

#गौर भन्सार कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

    कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू