हिजो गाउँ रित्तिए, आज देश रित्तिंदैछ — क्रान्तिको कथा, वर्तमानको पीडा

Author

निरन्जन कार्की

2082 Baisakh 13, Saturday ०१:५६

50
Share
Featured

हिजो माओवादी गाउँ पसे — बन्दुक बोकेर, सपनाहरू बोकेर। परिवर्तनको नारा घन्कियो, जनयुद्धको लहर चल्यो। गाउँका खेत–बारी बाँझिए, युवाहरू लडाईंमा लागे, अनेक सपना देखाइए — समानताको, समृद्धिको, स्वतन्त्रताको।

तर त्यो 'क्रान्ति'ले के दियो? गाउँ रित्तिए, घरका आँगनमा थकित आमाहरू र रूने बालबालिका मात्रै बाँकी रहे। टुटेका परिवार, उठेका शव, हराएका सपना,र आज? माओवादी सहरमा छन् — सत्ता भित्र छन्, सरकारको नेतृत्वमा छन्, निर्णय लिने कुर्सीमा छन्। तर आश्चर्य के छ भने, अहिले गाउँ मात्र होइन, सिङ्गो देश नै रित्तिँदै छ।

युवाहरू झोला बोकेर कतार, दुबई, मलेसिया र कोरियातिर लागेका छन्। कोही सडकमै शव बनेर फर्किन्छन्, कोही त कहिल्यै नफर्किने गरी हराउँछन्।शिक्षित युवाहरू विदेशको डिग्रीसहित त्यहीँको जागिरमा रमाइरहेका छन्, किनकि देशमा उनीहरूलाई बस्न योग्य अवसर छैन।

किन रित्तिँदै छ देश?

त्यो जनयुद्ध, त्यो आन्दोलन, त्यो बलिदान – के केवल सत्ताको लागि मात्र थियो?

के गाउँका त्याग र बलिदानको मूल्य यति सस्तो थियो?

जब नेताहरू आन्दोलनको कुरा गर्छन्, जनताको रगत सम्झिँदैनन्, केवल कुर्सी सम्झिन्छन्।

आज आन्दोलनकारीहरूकै हातमा शक्ति छ, तर जनताको हात अझै खाली छ।

गाउँका झुपडी बदलिएका छैनन्, सडक उस्तै छ, अस्पताल छैन, स्कुल छैन — छ त केवल वाचा र नाराको कथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ''ध्वाँसे चितुवा'' जङ्गलको हराउँदै गएको गहना, किन हुदैछ कम ?

    नेपालविभिन्न प्रकारका वनस्पति र जीवजन्तुहरूको घर हो । जसमा १२ प्रजातिका बिरालो प्रजातिहरू पनि पाइन्छन्। यी मध्ये,ध्वाँसे चितुवा (नियोफेलिस नेबुलोसा) सबैभन्दा आकर्षक प्राणीहरू मध्ये एक हो । जसलाई साना बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो भनेर चिनिन्छ। ध्वाँसे चितुवा को नाम यसको शरीरमा हुने बादलजस्तै आकर्षक ढाँचाहरूबाट आएको हो। छोटा खुट्टा, चौडा

    sajilo patrika

    अनुहार फेरियो देशको मुहार फेरिएन

    सरकारले राजावादी आन्दोलन नियन्त्रण गर्ने योजना

    दुई ढुङ्गाबीचको तरुल बन्ने कि साँघु, हाम्रै पुस्ताले गर्नुपर्छ फैसला

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू