नवराज विक हत्या प्रकरण : आफन्त भन्छन् -जसको कारणले ६ जना मरे ति केटीलाई नाबालिका भनेर छाडिदिए

Author

सजिलो पत्रिका

2082 Baisakh 22, Monday १४:१८

45
Share
Featured

काठमाडौँ । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणले अझै साम्य रुप लिएको छैन् । विभिन्न चरणमा सडक आन्दोलन भइरहेको छ ।

उक्त काण्डमा जातिय विभेद होइन भनि संलग्नलाई सफाइ दिएको घट्नाले आन्दोलन थप चर्किएको छ । सोती घटनामा उच्च अदालत सुर्खेतको फैसला पूर्वाग्रहपूर्ण भएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन भइरहेको छ । 

न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको तत्काल बर्खास्त गरी कारबाहीको माग राख्दै पीडित परिवारका सदस्य एवम अभियन्ताहरु अनिश्चितकालको लागि धर्ना दिइरहेका छन् । 

उच्च अदालत सुर्खेतका न्यायाधीश मैनाली र भण्डारीको संयुक्त इजलासले २३ जनालाई जन्मकैदको सजाय गर्ने रुकुम जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

नवराज विककी प्रेमिका भनिएकी (घटना हुँदा नाबालिग) किशोरी र उनकी आमालाई भने सफाइ दिएको छ । जातीय छुवाछूत तथा भेदभावको कसूरको सजाय बदर गरेको भन्दै परिवारहरु आन्दोलित भएका हुन् । 

सरकारले गरिब मरेको कहिले पनि नदेखेको भन्दै विकका बुबा मुनलाल नेपालीले आक्रोश व्यक्त गरे । दलित, गरिब र मजदुर भएको कारण ६ जना छोराहरु मारिएको मुद्दामा पनि सरकारबाट कुनै किसिमको प्रतिक्रिया नआएको उनको भनाई छ । 

उनले भने, ‘उनीहरुलाई ज्यानमारा र जातिय मुद्दा लगाइएको थियो । उच्च अदालतले बैशाख १५ गते फैसला सुनुवाइ गर्यो । उक्त सुनुवाइले ६ जना छोराहरु मरेको छन् । मुद्दा नै खारेज गरिदिएपछि पल पल मर्नुपरेको छ । हामी दलित पनि गरिब पनि र मजदुर पनि हुनाले सरकारबाट कुनै किसिमको प्रतिक्रिया नै आएको छैन् ।’ 

उनले जसको कारणले ६ जनाको मृत्यु भयो उसलाई नाबालिका भनेर छाडिएकाले जबसम्म फैसला बर्खास्त गरिदैन् र त्यो आमाछोरीलाई जेलमा राखिदैन तबसम्म आन्दोलन नरोकिने बताए । 

उनले भने, ‘जसको कारणले ६ जना मरे ति केटीलाई नाबालिका भनेर छाडिदिएको छ । नाबालिकाले अर्को विवाह गरेर एउटा बच्चा जन्माइसकेको छ । त्यो नाबालिका हुन्छ ? किन उसलाई चाँही कानुनको दायरामा ल्याइएन । पैसा वा राजनीतिक दलको प्रभाव हो ? जातिय भेदभाव होइन भन्ने कस्तो किसिमको फैसला हो ? अब जातको मुद्दा कुनै ठाउँमा पनि नलाग्ने ? कोही निर्दोष नै परेको भए छानविन हुनुपर्दथ्यो । आमा–छोरीलाई छाडिएको छ । त्यसैले जबसम्म फैसला बर्खास्त गरिदैन् र आमाछोरीलाई भित्र राखिदैन आन्दोलन जारी राख्छौं । भोलि ६० लाख दलितहरु सडकमा आएपछि यीनिहरुले चेत्छन् ।’

त्यस्तै लोकेन्द्र सुनारकी आमा लक्ष्मी पनि छोराहरु मारिएको पाँच वर्ष पूरा भएर जेठ १० गतेबाट ६ वर्ष लाग्ने बेलासम्म पनि न्यायको लागि भौतारिनु परेको बताइन् । 

उनले भनिन्, ‘छोराहरु मारिएको पाँच वर्ष पूरा भएर ६ वर्ष लाग्छ । छोराहरुलाई तल्लो जात भएकै कारण मारिएको हो । अहिले सुर्खेत उच्च अदालतबाट केटी र आमालाई सफाई दिइयो । छोराहरु उनीहरुकै कारण मारिएका हुन् । तर हाम्रो पीडा कसैले सुन्दैन् । त्यसैले सडकमा आएर धर्ना बस्नुपर्ने र छोराहरुका लागि न्याय माग्नु परेको छ ।’

उनले छुवाछुत होइन भनेर जुन न्यायाधीशले फैसला गरेका थिए उनीहरुलाई निलम्बन गर्नुपर्ने माग राखिन् । सरकार धनीको मात्रै नभइ गरिबको पनि हो गरिबको आवाज सुन्नुपर्ने बताइन् । 

गोविन्द शाहीको आमा भिमी कुमारी बुढाथोकीले पनि सरकारबाट सम्बोधन नभएसम्म धर्नामै बस्ने बताइन् । 

‘२०७७ जेठ १० गते भएको घटनामा रहेका हत्याराहरुको कारबाही गर्नुपर्छ भनेर धर्ना बस्न आइरहेका छौ । रुकुममा सबैलाई जन्मकैद घोषणा गरेको थियो । तर सुर्खेत उच्च अदालतका न्यायाधीशले पैसा खाएर हो की के हो अपराधीलाई सफाइ दिइयो,’उनले भनिन्, ‘यो घटना जातभातकै कारणले घटेको हो । यदी जातको कारण थिएन भने कारण के थियो त्यो खुलाउनु पर्यो नि । नवराज र सुश्माको पहिलादेखि प्रेम थियो । त्यही कारणले मात्रै मार्नुपर्ने त थिएन् होला ।’ 

६ जनाको हत्या भएको घटनामा एक लाख धरौटी दिएर बाहिर आउन सकिन्छ भने आफूले पनि त्यो परिवारको हत्या गरेर एक लाख धरौटी दिन तयार भएको भन्दै अर्का पीडित सन्जु बिकको आमा सबिता विकले आक्रोश पोखिन् । 

उनले भनिन्, ‘सुर्खेत अदालत अगाडि तीन दिन बसेर, यहाँ आएको चार दिन भयो । न्यायाधीशले जात विशेष होइन् भनेर जुन फैसला गर्नु भएको छ त्यसका विरुद्धमा यहाँ आएका छौ । केटीको परिवारलाई जन्मकैद होस भनेर पनि हामी धर्नामा आएका हौं । पक्राउ परेका उनीहरुलाई पनि रुकुम अदालतले एक लाख धरौटीमा छाडेको थियो । हाम्रा ६ जना छोराहरु मर्दा एक लाख धरौटी दिएर बाहिर आउन मिल्दो रहेछ भने हामी पनि उनीहरुलाई मारेर एकलाख धरौटी तिर्छौ ।’

अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा १० जेठ २०७७ मा हत्या भएको थियो । आफूभन्दा कथित ‘माथिल्लो’ जातकी युवतीसँग प्रेम गरेका जाजरकोटका विक र उनका अन्य पाँच जना साथीहरूलाई लखेटी–लखेटी हत्या गरिएको र हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको थियो ।


यो समाचारमा

चौरजहारी नगरपालिकासुर्खेतकाठमाडौँजाजरकोट

ट्यागहरू

#नवराज विकसहित ६ जनाको हत्या प्रकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू