मन्त्री पौडेलद्वारा महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन

Author

सजिलो पत्रिका

2082 Baisakh 25, Thursday १२:२०

4
Share
Featured

काठमाडौँ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ । 

ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री  प्रदिप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे ।

मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका थिए । उनले विभिन्न सरकारी अस्पतालमा सम्भव नभएका परीक्षणका लागि समेत प्रयोगशालामार्फत सुपथ मुल्यमा गर्ने गरी व्यवस्था मिलाएका थिए ।

नेपालमा पहिलो पटक निर्मित ल्याब करिब चार करोड लागतमा निर्माण सम्पन्न भएको प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्टले बताए ।

ल्याब उद्घाटनकै अवसरमा नेपालमा प्राथमिकताप्राप्त ५२ रोगको परीक्षणका लागि आवश्यक उपकरण विश्व स्वास्थ्य संगठनले मन्त्रालयलाई हस्तान्तरण गरेको छ । अब यी किटहरु प्रदेश तथा जिल्ला तहका अस्पतालसम्म पुर्याइने र यसले परीक्षण सहज हुने विश्वास गरिएको भट्टले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आधारभूत तहसम्म अनिवार्य परीक्षण हुनुपर्ने सुचीसहितको पुस्तिकाको अनावरण पनि गरे । अब हरेक आधारभूतदेखि विशिष्ट अस्पतालहरुमा मन्त्रालयले तोकेको परीक्षण गर्ने पर्ने व्यवस्था मिलाउने तयारी मन्त्रालयले गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।


यो समाचारमा

प्रदिप पौडेलकाठमाडौँ

ट्यागहरू

#प्रदीप पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल

    मृगौला फेल हुन नदिन नियमित खानुहोस् यी ४ चीज

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू