कटहरियामा मोटरसाईकल दुर्घटनामा घाइते भएका व्यक्तिको मृत्यु, घटनापछि तनाव

Author

देवेन्द्र प्रसाद यादव

2082 Baisakh 26, Friday १०:३८

21
Share1
Featured

रौतहट  । 

रौतहटको कटहरिया नगरपालिका–४ स्थित लालबकैया नदीको पुल नजिकै भएको मोटरसाईकल दुर्घटनामा घाइते भएका एक स्थानीयको उपचारका क्रममा मृत्यु भएको छ। बुधवार दिउँसो सशस्त्र प्रहरीको मोटरसाईकल र विपरीत दिशाबाट आएको अर्को मोटरसाईकल जुध्दा गम्भीर घाइते भएका फतुवा विजयपुर–४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादवको गण्डक अस्पताल वीरगञ्जमा राति मृत्यु भएको हो।

दुर्घटना कटहरियास्थित सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र भारतीय नम्बर प्लेट विआर ३००–७९३६ को मोटरसाईकलबीच पुलको करिब २०० मिटर पूर्वतर्फ ठोक्किँदा भएको थियो।

मृतक यादवको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए। अहिलेसम्म घटनाबारे कुनै लिखित उजुरी नआएको र उजुरी प्राप्त भएपछिमात्र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

कमिसनकै चक्करमा प्रहरीको लापरबाही ?

घटनालाई लिएर आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीवार संघीय संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सशस्त्र प्रहरीले कमिसनको चक्करमा तस्करलाई पक्राउ गर्ने नाउँमा सामान्य सर्वसाधारणलाई दुःख दिने कार्य गरिरहेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

उनले भने, “तराई मधेसमा किसान, व्यापारीदेखि सर्वसाधारणसम्म सशस्त्र प्रहरीको सञ्जालले पीडा भोग्नुपरेको छ। यस्ता कार्य तुरुन्त बन्द हुनुपर्छ।”

सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले भने घटनाको निष्पक्ष अनुसन्धान भैरहेको बताएका छन्। रातोपाटीसँगको कुराकानीमा उनले भने, “प्रहरी अनुसन्धानले जे देखाउँछ, त्यसअनुसार आवश्यक कारबाही हुनेछ। मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिनेछ।”

घटना कसरी भयो: 

घटनाको पृष्ठभूमि पनि विवादास्पद देखिएको छ। बुधवार अपराह्न करिब ३स्३० बजेतिर ग ४ प ४०७३ नम्बरको मोटरसाईकलमा भारतबाट भन्सार छली गरेर ल्याइएको किराना सामान बोकेर एक व्यक्ति कटहरिया हुँदै गइरहेका थिए। उक्त मोटरसाईकल देखेपछि लालबकैया पुल पश्चिमपट्टि बसेको सशस्त्र प्रहरीको टोलीले रोक्न खोज्दा तस्करले तीव्र गतिमा मोटरसाईकल भगाएका थिए।

तस्करको पिछा गर्ने क्रममा हवलदार सुवास सिंह र उनका एक सहकर्मी मोटरसाईकलमा तुफान गतिमा कटहरिया बजारतर्फ लम्किए। यही क्रममा बजारबाट किनमेल गरेर फर्कंदै गरेको विआर ३००–७९३६ नम्बरको मोटरसाईकल र तस्करको मोटरसाईकल आमने–सामने ठोक्किए। प्रत्यक्षदर्शीहरूका अनुसार तस्कर भने दुर्घटनापछि भाग्न सफल भएका थिए।

दुर्घटनामा भारतीय मोटरसाईकल चालक अनुठा यादव गम्भीर घाइते भए भने पछाडि सवार सोही ठाउँका जिनिस साहलाई सामान्य चोटपटक लागेको थियो।

स्थानीयको आक्रोश, प्रहरीमाथि हातपात

दुर्घटनापछि पीडितका आफन्त र त्यहाँ उपस्थित स्थानीयवासी आक्रोशित बने। उनीहरूले सशस्त्र प्रहरीका दुई जनालाई निर्घात कुटपिट गरे। त्यसपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कटहरियाको गस्ती टोलीमाथि समेत हातपात भएको थियो।

स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै लालबकैया पुल हुँदै जाने बाटोसमेत अवरुद्ध गरी प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओमप्रकाश यादवको कमाण्डमा प्रहरी टोली खटिएको थियो। साथै, सो क्षेत्रका अन्य सशस्त्र बेस क्याम्पबाट समेत थप फोर्स बोलाएर स्थानीयलाई सम्झाई–बुझाई बाटो खुलाइएको थियो। प्रहरीले दुर्घटनामा संलग्न सबै तीनवटा मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ।

यो समाचारमा

रौतहटकटहरिया नगरपालिका

ट्यागहरू

#सशस्त्र प्रहरी#मृत्यु#सवारी दुर्घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू