
काठमाडौँ,जेठ २५। झापाको कमल गाउँपालिकामा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका एक नायब निरीक्षक (सई) को मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–३ सानो केर्खामा भएको दुर्घटनामा इलाममा कार्यरत सई पुरनलाल राजवंशीको ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार,बिर्तामोड नगरपालिकाबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित...