महोत्तरीको उत्तरी क्षेत्रमा पानीको संकट : इनार–धारा सुक्दै, सर्वसाधारण हैरान

Author

देवेन्द्र प्रसाद यादव

2082 Baisakh 29, Monday ०७:२८

20
Share
Featured

महोत्तरी ।

मधेश प्रदेशअन्तर्गत पर्ने महोत्तरी जिल्लाको उत्तरी भूभागमा पानीको चरम अभाव देखिन थालेको छ।

जिल्लाका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका खोल्साखोल्सी, जरुवा, इनार, चापाकल र नदीहरू सुक्दै गएका छन्। त्यससँगै खानेपानीको चरम हाहाकार सिर्जना भएको छ।

बर्दिबास नगरपालिका१४ मध्ये १० वटा वडा सधैँ धाराबाट सङ्ग्रह गरिएको पानीमा निर्भर छन्।

तर, पछिल्लो केही सातादेखि ती धारामा पानी आउन छाडेको छ। स्थानीयवासीहरू बिहानैदेखि रातिसम्म पानी झर्ने पर्खाइमा बिताउने बाध्यता बेहोर्न थालेका छन्।

बर्दिबास–२ की गृहिणी पवित्रा खड्काले आक्रोश पोखिन्, “धारा त चल्नै छाड्यो, अब के गर्ने होला ? रातभर पर्खेर बस्नुपर्ने अवस्था आयो।”

बर्दिबास–१२ को जुडी, बर्दिबास–१ को पानीखोल्सी, शिरखोला, तथा भङ्गाहा–४ का कदमखाडी, जोकाहा र भुताहा क्षेत्रमा झरनाजस्ता जरुवामा अहिले बालुवा मात्रै देखिन्छ।

गौशाला नगरपालिका, महोत्तरीका दक्षिणी क्षेत्रहरू, विशेष गरी वडा नं ६, ७ र ९ का इनार र आर्टिजन बोरिङहरू पनि सुक्दै गएका छन्। गौशाला–९ डुमरवानाका शिवशरण रायका अनुसार “बिगतमा जुनसुकै समयमा पानी निकाल्न पाइने बोरिङ अहिले पूरै सुकिसकेको छ।”

चारकोसे झाडी वन क्षेत्रमा पानीको अभावका कारण वन्यजन्तुहरू पानीको खोजीमा बस्ती पस्न थालेका छन्। बर्दिबास–११ का किसान सन्तोष मण्डलका अनुसार, “वन्यजन्तुले पानी खोज्दै बारीतिर आउँछन्, तर खेतबारी सखाप बनाइदिन्छन्।” यसले गर्दा किसानहरू उब्जनी गुमाउनुका साथै जिवन र सुरक्षामा समेत त्रासमा छन्।

बर्दिबास–३ कालापानीका ७५ वर्षीय नरबहादुर पुलामी भन्छन्, “वैशाखको पहिलो साता दुईपटक पानी परेको थियो, तर त्यसयता माटो नै रसाउन सक्ने अवस्था छैन।”

पछिल्ला केही दिनयता दिनको ११ बजेदेखि साँझ ४ बजेसम्म तापक्रम लगातार ४० डिग्री सेल्सियस आसपास रहेपछि सर्वसाधारण घरभित्रै सीमित छन्।

महोत्तरी जिल्लाका सबै १५ वटै स्थानीय तहमा पानीको कमी देखिए पनि उत्तरी भेगमा समस्या गम्भीर बन्दै गएको छ। यति ठूलो संकटका बीचमा पनि स्थानीय सरकार र सरोकारवाला निकायहरूले कुनै ठोस समाधानको पहल नगरेको स्थानीयवासीहरू बताउँछन्।

पानी जीवन हो भन्ने नारा व्यावहारिक संकटमा परी झुटो सावित हुन थालेको छ। महोत्तरीको वर्तमान अवस्था हेर्दा यदि चाँडो हस्तक्षेप गरिएन भने आगामी महिनाहरूमा मानव स्वास्थ्य, कृषि उत्पादन र वन्यजन्तु व्यवस्थापनमा भयावह परिणाम देखिन सक्छ।

यो समाचारमा

मधेश प्रदेशगौशाला नगरपालिका, महोत्तरीबर्दिबास नगरपालिकामहोत्तरी

ट्यागहरू

#मधेस प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

    कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू