बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

2082 Baisakh 29, Monday ०९:०८

20
Share
Featured

काठमाडौं ।

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन् । 

सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धका शान्तिको सन्देशहरुका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको स्थिती सामान्य अवस्थामा परिणत भएको बताएका हुन् । 

उनले भने, ‘बुद्धका उपदेशहरु हुन् । ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुभएको छ । ती विश्वका लागि महत्वपूर्ण छन् । झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् ।

यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं, उहाँहरुसँग पनि कुरा ग¥यौं । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही –केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ ।’ 

उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए ।  ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनु पर्दछ र काम गर्नु पर्दछ,’ उनले भने । 

उनले बुद्धका मुख्य उपदेशहरु र आर्दशहरुलाई समाउनुु पर्ने भन्दै लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

यो समाचारमा

भारतपाकिस्तानखड्गप्रसाद शर्मा ओली

ट्यागहरू

#पाकिस्तान#भारत#केपी शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू