‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

Author

सजिलो पत्रिका

2082 Baisakh 30, Tuesday १०:२१

21
Share
Featured

विराटनगर ।

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन् ।

गृहमन्त्री लेखकले संचारकर्मीसंग भने ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ । दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन । यो राष्ट्र बैंकको तथ्यांक हो मैंले भनेको होइन । अर्को कुरा कानुन दश महिना पहिले कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ ।’

उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए । 

नीतिगत भ्रष्टाचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अडकिएको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले भने,‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पु¥याउछाैं । भ्रष्टचारलाई निर्मूल पार्ने बिषयमा अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।’ 

‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुदैन । यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ,’ उनले भने । 

‘यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन् । उद्योगधन्दा संचालनमा सहज होस भनेर नयाँ कानून आएका छन । भूमि सुधारका लागि कानून र आयोगहरु बनेका छन् । निरास हुनु पर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन होला तर निरासा हुनुपर्ने अवस्था छैन । सरकारले आशा जगाउने गरि काम गरेको छ,’ उनले भने । 

यो समाचारमा

रमेश लेखकरमेश लेखक

ट्यागहरू

#रमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू