रौतहटका पत्रकार फणिदेव महतको असामयिक निधन, प्रेस चौतारी मधेस प्रदेश मर्माहित

Author

देवेन्द्र प्रसाद यादव

2082 Baisakh 31, Wednesday ०३:३७

27
Share
Featured

वीरगञ्ज ।

प्रेस चौतारी नेपाल, मधेश प्रदेशका संस्थापक अध्यक्ष तथा रौतहटका चर्चित पत्रकार फणिदेव महतको ४६ वर्षको उमेरमा असामयिक निधन भएको छ।

केही वर्षदेखि ब्रेन ट्युमरको उपचार गराउँदै आउनुभएका महतको निधनले समग्र सञ्चार क्षेत्र शोकमा डुबेको छ।

२०७८ सालदेखि उपचाररत महतको निधन २०८२ साल बैशाख ३० गते, मंगलवारका दिन भएको हो। उनको निधनको खबर सार्वजनिक भएपछि विभिन्न सञ्चारकर्मी, राजनीतिक दल, सामाजिक अभियन्ता तथा नागरिक समाजले दुःख प्रकट गरेका छन्।

प्रेस चौतारी नेपाल, मधेस प्रदेश कमिटीले एक शोक वक्तव्य जारी गर्दै महतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

वक्तव्यमा भनिएको छ, “हामीले कुशल संगठक, अभिभावक, प्रेस स्वतन्त्रता, सत्यनिष्ठ पत्रकारिता तथा सामाजिक उत्तरदायित्वप्रति समर्पित एक इमान्दार र निष्ठावान व्यक्तित्वलाई गुमाएका छौं।”

पत्रकार महतले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा कलम, खोज र तथ्यमा आधारित समाचारमार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

उनको सरल स्वभाव, सत्यनिष्ठता र सामाजिक उत्तरदायित्वप्रतिको समर्पण पत्रकारिताको लागि प्रेरणाको स्रोत रहँदै आएको थियो।

प्रेस चौतारीका महासचिव दिवाकर भण्डारीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, “उनको सरलता, सत्यनिष्ठा र समर्पण भाव आजको पत्रकारिताका लागि मात्र होइन, मानवताको पक्षमा खडा रहने उदाहरणीय प्रेरणास्रोतका रूपमा स्मरणीय रहनेछ।”

पत्रकार महतको निधनले प्रेस चौतारी लगायत सम्पूर्ण सञ्चार जगतलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको योगदानको उच्च मूल्याङ्कन गरिएको छ।

यो समाचारमा

मधेश प्रदेशमधेश प्रदेश

ट्यागहरू

#मधेस प्रदेश#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू