भूकम्पको शिर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह

Author

सजिलो पत्रिका

2082 Baisakh 31, Wednesday ०८:२०

52
Share
Featured

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले भूकम्पको शिर्षकमा बजेट नछुट्याइएको भन्दै भूकम्पको पुनःनिमार्णको लागि बजेट छुट्याउन आग्रह गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले अहिले जनतामा निराशा बढ्दै गएको भन्दै जनजिवीकाको सवालमा काम गर्नुपर्ने बताएका हुन् । 

‘भूकम्पको शिर्षकमा बजेट छुट्याइएको छैन भन्ने जानकारी पाएको छु त्यसो नगरियोस् । भुकम्पको पुनःनिमार्णको लागि सबै क्षेत्रमा बजेट छुट्याइयोस् । संघीय लोकतान्त्रिक गणतन्त्रको अधिकार हुँदाहुँदै पनि जनतामा निराशा छ । जनजिवीकाको सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन सकेन्,’ उनले भने । 

बजेट आम्दानी खर्चको फाटबारी मात्र नभएर असमानताको खाडलबाट निस्कन नसकेका जनतालाई माथि ल्याउने माध्यम भएकाले बजेटमा संरचनागत पूर्नसंरचना गर्नुपर्ने पनि बताए । 

‘बजेट बनाउँदै गर्दा जनअपेक्षा पुरा गर्ने स्रोत हाम्रो छैन, त्यो स्रोत कहाँबाट ल्याउने बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ १७ प्रतिशत मात्र पूँजीगत खर्च हो । त्यसैले ६५ लाई ३५ मा ल्याउनुस् हाम्रो समर्थन हुनेछ । त्यसको लागि संरचनागत पूर्नसंरचना हो,’ उनले भने । 


यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँजनार्दन शर्मा

ट्यागहरू

#प्रतिनिधिसभा#बजेट#जनार्दन शर्मा#भूकम्प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू